पोखरा, १६ भदौ । नेकपा (एमाले) कास्की, स्कुल विभागका सदस्य एवम् पूर्वजिल्ला सदस्य यमलाल देवकोटाको गए राति निधन भएको छ ।
लुम्ले गाविसमा बस्दै आउनुभएका देवकोटाको आफ्नै घरमा हृदयाघात भई मृत्यु भएको एमाले जिल्ला कमिटीका सचिवालय सदस्य धनबहादुर नेपालीले जानकारी दिनुभयो । उहाँ ५१ वर्षको हुनुहुन्थ्यो ।
उहाँका श्रीमती, एक छोरा र एक छोरी हुनुहुन्छ । उहाँको आजै हेम्जास्थित सेती नदी किनारामा दाहसंस्कार गरिएको छ । रासस












प्रतिक्रिया