पर्वत, १६ भदौ । रेडियो कुशुम ९० मेगाहर्जले पर्वतको कुश्मा नगरपालिका वडा न ११ मा रहेको हिमचुली युवा क्लबका लागि खेलकुद सामाग्री हस्तान्तरण गरेको छ । क्लबले आयोजना गर्ने तीज मेलाका लागि उक्त सामाग्री हस्तान्तरण गरिएको हो ।
खेलकुद सामाग्री हस्तान्तरण कार्यक्रममा रेडियो कुशुम ९० मेगाहर्जका अध्यक्ष गोविन्द पहाडीले युवाहरुले खेलकुदको माध्यमबाट राष्ट्रको परिचय विश्व भर देखाउन सक्ने हुँदा राज्यको तर्फबाट खेलक्षेत्रमा प्रभावकारी ढङगले सहयोग गर्नुपर्ने बताए । अध्यक्ष पहाडीले कुलतमा लागेका युवाहरुलाई सत्मार्गमा ल्याउनका लागि समेत खेलकुद क्षेत्रको विकास हुनुपर्ने बताउँदै रेडियोले विभिन्न क्षेत्रको सहयोगमा उक्त खेल सामाग्रीहरु हस्तान्तरण गरेको बताए ।
कार्यक्रममा नेकपा एमाले पर्वतका कार्यालय सचिव शिवलाल सार्की, रेडियो कु्शुम ९० मेगाहर्जका सञ्चालक सदस्य रुद्र गिरी, सीड नेपाल पर्वतका कार्य समिति सदस्य डम्मर नेपाली र हिमचुली युवा क्लबका खेलकुद प्रशिक्षक आइबहादुर नेपालीले खेलकुद क्षेत्रको विकासका सम्बन्धमा आफनो धारणा ब्यक्त गरेका थिए । उक्त अवसरमा ११ वटा जर्सि, एउटा भलिबल र एउटा नेट प्रदान गरिएको थियो ।
खेलकुद सामाग्री हस्तान्तरण कार्यक्रमको अध्यक्षता क्लबका अध्यक्ष राजन बसेलले गरेका थिए भने स्वागत क्लबका उपाध्यक्ष अकित नेपालीले गरे थिए । यसैगरी कार्यक्रममा धन्यवाद मन्तब्य लक्ष्मी बसेल र सञ्चालन क्लबका सचिव अनिष नेपालीले गरेका थिए ।












प्रतिक्रिया