काठमाडौं, १६ भदौ । नेपालीहरुको अपमान गर्नखोज्दा भारतीय अनलाइन सपिङ साइट फ्लिपकार्टले नेपालीको मुद्दा खेपेपछि माफी मागेको छ ।
भारतीय अनलाइन व्यापारिक सेवा प्रदायक कम्पनी फ्लिपकार्डले भारतका राष्ट्रिय पत्रिकाहरुमा छपाएको विज्ञापनमा नेपाली भादगाउँले खुकुरी क्रस भएको टोपी लगाएको बालकलाई चौकिदारको रुपमा प्रयोग गर्दा नेपालीहरुले अपमान गरेको आरोपमा मुद्दा दर्ता गरेका थिए ।
आफू विरुद्ध मुद्धा परेपछि कम्पनीले नेपालीहरुको भावनामा चोट पुर्याउने कुनै नियत नभएपनि नेपालीमाझ यस्तो चोट पुग्न गएको भन्दै माफी माग्दै विज्ञापन तत्काल बन्द गर्ने र नयाँ बनाउने प्रतिबद्धता जनाएको छ ।














प्रतिक्रिया