१९ कार्तिक २०८३, बिहिबार

मानव बेचबिखनको अभियोगमा ७० वर्षीय वृद्ध कारागार चलान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Jailsगुल्मी, १६ भदौ । मानव बेचबिखनको मुद्दामा गुल्मीका एक वृद्ध आगामी दश वर्षका लागि कारागार चलान भएका छन् ।

यसरी कारागार चलान हुनेमा गुल्मीको रेसुङ्गा नगरपालिका–१४ निवासी ७० वर्षीय धनबहादुर सुनार रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

विकलाई मानव बेचबिखनको अभियोगमा जिल्ला अदालत अँर्घाखाँचीले गत छ महिनाअघि रु ५० हजार बिगो जरिवानासहित दशवर्षका लागि कैद सजाय सुनाएकोे थियो ।

अदालतको फैसलापछि फरार रहेका विकलाई विशेष सुराकीका आधारमा जिल्ला प्रहरी कार्यालय गुल्मीले पक्राउ गरेको हो । पक्राउ परेका विकलाई कैद भुक्तानीका लागि जिल्ला कारागार गुल्मीमा चलान गरिएको छ । रासस