१९ कार्तिक २०८३, बिहिबार

क्षेत्रीय सहकारी पत्रकारिता पुरस्कार जिसीलाई

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ram Bdr G Cपोखरा, १५ भदौ । पश्चिम क्षेत्रकै अग्रणी सहकारी संस्थाका रुपमा स्थापित पोखरा रोयल सहकारी संस्था लिमिटेड कास्की पोखराले स्थापना गरेको रोयल क्षेत्रीय सहकारी पत्रकारिता पुरस्कार २०७२ बाट बागलुङका पत्रकार रामबहादुर जिसी पुरस्कृत हुनु हुने भएको छ ।

पत्रकारिताको माध्यमबाट सहकारी क्षेत्रको विकासमा पुर्याएको योगदान कदर गर्दै जिसीलाई रोयल क्षेत्रीय सहकारी पत्रकारिता पुरस्कार प्रदान गर्न लागिएको संस्थाले जनाएको छ ।

संस्थाको साउन २७ गते सम्पन्न सञ्चालक समितिको वैठकले यस वर्षको सहकारी पत्रकारिता पुरस्कार जिसीलाई प्रदान गर्ने निर्णय गरेको संस्थाका सचिव तथा प्रवन्ध सञ्चालक भीमबहादुर गुरुङले जानकारी दिनु भयो ।

भदौ २५ गते शनिवार आयोेजित पोखरा रोयल सहकारी संस्थाको १५ औं वार्षिक साधारणसभामा नगद ५ हजार ५ सय ५५ रुपैयासहित सम्मानपत्रद्वारा पुरस्कृत गरिने उहाँले बताउनुभयो ।

२ दशकदेखि बागलुङमा रहेर पत्रकारिता र सहकारी क्षेत्रको प्रवद्र्धनमा सक्रिय जिसी नेपाल पत्रकार महासंघ बागलुङ शाखाको निवर्तमान अध्यक्ष र जिल्ला सहकारी संघ लिमिटेड बागलुङको समेत निवर्तमान अध्यक्ष रही सक्नु भएको छ ।

आदर्श सञ्चार सहकारी संस्थाद्वारा प्रकाशित धौलागिरि जागरण दैनिक र अग्रसर साप्ताहिकका सम्पादक समेत रहेका जिसीले पत्रकारिता मार्फत सहकारी क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुर्याएको गुरुङले जानकारी दिनु भयो । जिसीले धौलागिरि टेलिभिजनबाट सहकारी सम्बन्धी साप्ताहिक कार्यक्रम रुपान्तरण सञ्चालन गर्दै आउनु भएको छ ।

धौलागिरि अञ्चलमा पहिलो पटक सहकारी मार्फत सञ्चारमाध्यम सञ्चालनको अगुवाई गर्नुका साथै सहकारी क्षेत्रको एक मात्र बैंक राष्ट्रिय सहकारी बैंकका सञ्चालक समेत रहेका जिसीलाई यस पटक प्रदान गर्न लागिएको क्षेत्रीय सहकारी पत्रकारिता पुरस्कार यस भन्दा पहिला पोखराका अग्रज पत्रकार नारायण कार्की, कृष्णप्रसाद बाँस्तोला लगायतलाई प्रदान गरिएको रोयल सहकारी संस्थाले जनाएको छ ।