१९ कार्तिक २०८३, बिहिबार

स्ववियु चुनावका लागि नेविसंघले देशव्यापी अभियान सञ्चालन गर्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nebisang

काठमाडौँ, १५ भदौ । विभिन्न समयमा पुस्तक, लेख र विचार मार्फत नेपाल विद्यार्थी संघको रोडम्याप बनाउँदै आएका विद्यार्थी नेता नैनसिंह महर ११ औं महाधिवेशनबाट अध्यक्ष बनेपछि उनले तिनै कुरा नेविसंघको भावी योजनाका रुपमा प्रस्तुत गरेका छन् ।

आफू निर्वाचित भएपछि बसेको पहिलो बैठकबाट पारित गराएका निर्णयहरु उनले बुधबार आयोजित पत्रकार सम्मेलन मार्फत १० बुँदे निर्णय सार्वजनिक गरेका हुन् ।

आगामी फागुन १४ तय गरिएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनका लागि देशव्यापी अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । निर्वाचनको सुनिश्चितताका लागि छलफल र अग्रसरता लिने समेत निर्णय गरेको अध्यक्ष महरले बताए । नेविसंघले संविधान कार्यान्वयनका लागि दवाव दिने उद्देश्यले आगामी असोज ३ देखि धनुषाको यदुकुवाबाट देशव्यापि अभियान सुरु गर्ने बताएको छ ।

अध्यक्ष महरले मुलुकको समग्र शिक्षा प्रणाली सुधार्ने नेविसङ्घको पहिलो प्राथमिकता रहेको बताए । कुनै पनि विद्यार्थी नेताले सङ्घलाई जानकारी नदिई आफूखुसी पैसा उठाए कडा कारबाही गरिने उनले बताए । ग्रामीण क्षेत्रमा प्रारम्भिक बालविकास तह स्थापनाका लागि नेविसङ्घले पहल गर्ने उनको योजना छ ।

नेविसंघका १० निर्णय

१. नेपालविद्यार्थीसंघको ११ औं महाधिवेशन सम्पन्नगर्न अतुलनिय योगदानगर्नु भएकोमाश्रद्धेय पार्टी सभापतितथापूर्व प्रधानमन्त्री शेरवहादुर देउवा, नेपालीकाग्रेस केन्द्रिय समिति, पार्टीद्धारा गठितमहाधिवेसन निर्देशक समितिका संयोजकडा।प्रकाश शरणमहतएंव सदस्यहरु र निवर्तमान केन्द्रियअध्यक्ष रंजितकर्ण एवं कार्य समिति, महाधिवेसन प्रतिनिधिहरु पत्रकार मित्रहरु र सुरक्षानिकायलगायत सम्वद्ध सवैमा सहृदय धन्यवाद ज्ञापन गर्दछौं ।

२. नेपालविद्यार्थी संघको ११औं महाधिवेसन सम्पन्नगर्ने क्रममाप्राविधिककारणबाटवन्दसत्र सञ्चालनगर्न नसकेको हुदा नेपालविद्यार्थी संघको नितीतथाकार्यक्रम तय गर्न नेपालविद्यार्थी संघ निवर्तमान समितिद्धारा पारित दस्तावेज, ११ औं महाधिवेसन दौंरान अध्यक्ष एंव अन्यप्रत्यासीहरुको घोषणापत्र ११ औं महाधिवेसनबाट निर्वाचित समितिको पहिलो बैंठकमा प्रस्तुतअवधारणा र आवश्यकअन्य सबै पक्षसंगको परामर्शबाट नेविसंघको अगामी निति तथा कायक्रम निमार्ण गर्न केन्द्रिय अध्यक्षमा संयोजकत्वमा एक समिति गठन गरि पारित गर्ने निर्णय गरियो ।

३. नेविसंघको नेतृत्वमा २०३६ सालमा भएको ऐतिहासिक आन्दोलनको मानक उपलब्धीको रुपमा रहेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन विगत लामो समयदेखि अवरुद्ध हुदा सिंगो विद्यार्थी आन्दोलको गती र लयमा नै ठुलो क्षती पुगेको प्रति गम्भिर हुदै त्रिविविले आगामी फागुन १४ मा प्रस्ताव गरेको र अन्य विश्व विद्यालयमा समेत स्ववियु निर्वाचनको सुनिश्चताको लागि सर्वापक्षीय संवाद र छलफल गर्नका लागि अग्रसरता लिने ।

४. नेपालको संविधानको सफल कार्यान्वयनका लागी सबैको स्वामित्व शुनिश्चित हुनआवश्यक छ । यसका लागी मधेसि,आदिवासी जनजाती, दलित, महिला, मुस्लिम, अल्पसंख्यकलगायतकाजायजमाग समेत सम्बोधन गरी कार्यन्वयनको आवश्यकतालाई मध्यनजर गर्दै राष्ट्रव्यापी दवाब तथा जागरण अभियान अन्तर्गत प्रजातान्त्रीक आन्दोलनका प्रात स्मरणिय सहिद कामेश्वर कुशेश्वरको स्मृतीदिवसको अवसरमा धनुषाको यदुकुवाबाट सुरु गर्ने निर्णय गरेको जानकारी गराउँदछौ ।

५. नेपाल विद्यार्थी संघ शिक्षा क्षेत्रलाई शान्ती क्षेत्रको रुपमा रुपान्तरणगर्न सदैव प्रतिवद्द छ । बिद्यालय क्षेत्रमाहुने दलिय राजनितिलाई कमगर्नका साथै बाल अधिकार अभिसन्धिको प्रावधानअनुरुप १६ वर्ष मुनिका छात्र/छात्रालाई नेविसंघको सदस्यता वितरण नगर्ने निर्णय गर्दछ । बिद्यालय क्षेत्रलाई शान्ती क्षेत्रका रुपमा परिणतगर्न देशका अन्य विद्यार्थी संगठनहरु र राजनितिक दलहरु समेतको ध्यानार्कषण गराउँदछौ ।

६. शिक्षा क्षेत्रमा देखिएका समस्याहरु असमानशिक्षा, व्यापारिकरण पदधिकारी नियुत्तिमा देखिएका राजनितिक भागबण्डा, शैक्षिक क्यालेण्डरको अस्त व्यस्थतालाई अन्त्यगर्न सरोकारवाला सबैको सहभागितामा उच्च स्तरिय शिक्षा आयोग गठन गर्न पहल कदमी लिने ।

७. नेविसंघको केन्द्रिय समितिले विगतमै गरेको निर्णयको आधारमा नेपाल सरकारको स्वामित्वमा एक प्रदेश एक/एक ईन्जिनियरिङ्ग, मेडिकल र कृषी क्याम्पसका साथै देश भरिका सबै गाँउ र नगरपालिकामा एक/एकपोलिटेक्निक क्याम्पस स्थापनाका लागी दवाब सृजना गर्ने ।

८. नेपाल सरकारले कानुनत व्यवस्था गरेको छात्रबृतिको कार्यान्वयन फितलो देखिएको प्रती नेविसंघको गम्भिर ध्यानाकर्षण भएको छ । सरकारले तोके अनुसार सबै तहका शिक्षालयहरुमा पुर्णरुपमा कार्यान्वय नगर्न दवाब दिई अनुगमन समेतमा अग्रसरता लिने । त्यसै गरि संस्थागत विद्यालय अनुगमन तथा नियमन निर्देशिकाको सहि रुपमा कार्यान्वयन नभएको कारण निजी विद्यालय र शिक्षाण संस्थाहरुले मनोमालिन्य रुपमा शुल्क निर्धारण गरिएको पाईएकोले नेपाल विद्यार्थी संघ केन्द्रिय समिति यस्ता जथाभावी शुल्क लिने शिक्षण संस्थाहरुलाई कानूनीकारवाहीको दायरमा ल्याउन जोडदार माग गर्दछ ।

९. शिक्षा क्षेत्रमा देखिएको भागवण्डा राजनितीको अन्त्यगर्न नेपाल विद्यार्थी संघ विश्व विद्यालयलगायत सवै तहका शिक्षालयमा पदाधिकारी नियुक्ति प्राज्ञीक क्षमताको आधारमा खुल्ला प्रतिस्पर्धाबाटगर्न नेपाल सरकार सामु जोडदार माग गर्दछौं ।

१०. नेविसंघको विधान २०२७ ९ छैटो संसोधान २०७३ अनुरुप व्यवस्था गरिएको २/२ बर्षमा गरिनु पर्ने केन्द्रिय महाधिवेसन सुनिस्चिताका लागि तत्काल क्यालेण्डेर निमार्ण गर्ने ।