
– मोहन पौडेल
परासी १५ भदौं । महिलाहरु सीप र शिक्षामा आत्मनिर्भर हुनु आवश्यक रहेको एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । आफनो हातमा सीप र शिक्षा नहुँदा आज धेरै महिलाहरु पछाडि परेकोले अवको समय सिप र शिक्षामा महिलाहरु अग्रसर हुनुपर्ने आवश्यकता औल्याईएको हो ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला महिला उद्यमी समिति नवलपरासीको आयोजना तथा सामुदायिक रेडियो परासीको संयोजनमा आज परासीमा आयोजित शुभकामना आदान प्रदान तथा तिज विशेष कार्यक्रम एवँ महिला उद्यमी द्धारा उत्पादीत वस्तुको प्रर्दशनी कार्यक्रममा सहभागि वक्ताहरुले यस्तो बताएका हुन् । कार्यक्रममा बोल्दै नेपाल घरेलु तथा साना उद्योग महासंघ महिला उद्यमी समिति पाँच नम्बर प्रदेशकी सभापति शान्ता शर्माले महिलाहरु शिक्षीत भएर मात्र पनि नहुने भन्दै उद्यमशिल बन्नुपर्ने बताउनुभयो ।

महिलालाई उद्यमी बनाउन आफुँले सक्दो सहयोग गर्ने समेत उहाँले बताउनुभयो । नेपाल घरेलु तथा साना उद्योग महासंघ पाँच नम्बर प्रदेशका अध्यक्ष नेत्रप्रसाद पाठकले उद्यम विना जिवन सार्थक नहुने बताउनुभयो । घरेलु तथा साना उद्योग महासंघका जिल्ला अध्यक्ष मेघराज गौतमले तिजलाई भडकिलो र खर्चिलो भन्दा पनि भेटघाट र आफनो अवस्था अनुसारको मनाउन आग्रह गर्नुभयो । नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला महिला उद्यमी समिति नवलपरासीकी सभापति तारा आर्चायले महिलाहरुले आफनो संस्कृतिलाई नभुलि तिजलाई विकृत्तिरहित बनाउनुपर्ने बताउनुभयो । उहाँले उद्यमशिल बन्न पनि आग्रह गर्नुभयो ।
सो अवसरमा नेपाल घरेलु तथा साना उद्योग महासंघ पाँच नम्बर प्रदेशका उपाध्यक्ष उमानाथ पोखरेल, महासंघका केन्द्रीय सदस्य बुद्धिमाया सुनार, पुर्व केन्द्रीय सदस्य विमला अर्याल, महासंघका जिल्ला अध्यक्ष मेघराज गौतम, नागरिक समाजका अध्यक्ष शम्शु उपाध्याय, ईलम प्रशिक्षण केन्द्रका अध्यक्ष वैजनाथ जयसवाल, जिल्ला पृथ्वी चन्द्र अस्पताल परासीका अध्यक्ष लक्ष्मी क्षत्रि लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रममा महिलाहरु तिजका गितका साथमा छमछमी नाचेका थिए ।

यसैविच सोहि अवसरमा महिला उद्यमीहरु द्धारा उत्पादीत वस्तुहरुको पनि प्रर्दशनी गरिएको थियो । नवलपरासीको सुनवल, दाउन्नेदेवि, गोपिगन्ज तथा बुटवल बाट समेत आएका महिला उद्यमीहरुले उत्पादन गरेका ढाका, पटेर, वेलु जुस, मह, मसला लगायतका वस्तुहरु प्रर्दशनीमा राखिएको थियो । महिला उद्यमीले उत्पादन गरेका वस्तुहरुको बजारीकरण र प्रवद्र्धनमा सहयोग पुराउने उद्धेश्यले प्रर्दशनी आयोजना गरिएको महिला उद्यमी समिति नवलपरासीकी सभापति तारा आचार्यले बताउनुभयो ।















प्रतिक्रिया