१९ कार्तिक २०८३, बिहिबार

नेतृत्वलाई दबाब दिन कांग्रेस भ्रातृसंस्थाका जिम्मेवारीविहीन नेताले थाले अभियान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nebisang

काठमाडौं, १५ भदौ । नेपाली कांग्रेसका भ्रातृ संगठनका नेता तथा कार्यकर्ताले नेतृत्वलाई दबाब दिन अभियान थालेका छन् ।

बुधबार बागबजारको हार्दिक होटलमा भेला भएका जिम्मेवारीविहीन विद्यार्थी नेता तथा कार्यकर्ताहरुले क्षमता र क्रियाशीलताको आधारमा जिम्मेवारी दिन दबाब दिने उद्देश्यले दबाब अभियान घोषणा गरेका हुन् ।

नेपाल विद्यार्थी संघका पूर्वउपाध्यक्ष ऋषिकेश जंग शाहको संयोजकत्वमा उनीहरुले २१ सदस्यीय दबाब अभियानको घोषणा गरेका हुन् । उक्त अभियानले कांग्रेस नेतृत्वलाई पार्टीमा क्षमता र क्रियाशीलताको आधारमा जिम्मेवारी प्रदान गर्न, आसन्न तरुण दल र महिला संघको अधिवेशनबाट क्षमतावान् नेतृत्वलाई प्रतिनिधि बनाई चुनावमा पठाउन अभियान थाल्ने निर्णय गरेको छलफलमा सहभागी एक विद्यार्थी नेता यूपी लामिछानेले जानकारी दिए ।

उनीहरुले संगठित रुपमा पार्टीलाई आसन्न तीन तहको निर्वाचनमा कांग्रेसको जित सुनिश्चितता गराउन र पार्टीमा योगदान गरेका सयौँ कार्यकर्ताको राजनीतिक व्यवस्थापन गर्न पनि दबाब दिने निर्णय गरेको उनले बताए । २१ सदस्यीय दबाब अभियानमा प्रतिमा गौतम, गुरु बराल, विष्णु पन्थी, उमा शिवाकोटी, बलदेव तिमिल्सिना, प्रभात दाहाल, निलकण्ठ रिजाल, प्रमोदहरि गुरागाईं, वैकुण्ठ श्रीवास्तव, युवराज पाण्डे, लिला वल्लभ दाहाल सदस्य रहेका छन् । यस्तै उक्त अभियानमा रञ्जित कर्ण, रामकृष्ण चित्रकार, सुवास पोखरेल सल्लाहकार रहेका छन् ।

त्यस्तै अभियानमा नेवि संघका पूर्वमहामन्त्री, उपाध्यक्ष, सहमहामन्त्री लगायतका नेताको सक्रियता रहनेछ । उनीहरुले जिम्मेवारी नपाएका देशैभरका जुझारु नेता तथा कार्यकर्तालाई समेट्दै पार्टी नेतृत्वमाथि दबाब सिर्जना गर्ने बताएका छन् ।

भेलाले पार्टी सभापति लगायत प्रमुख नेताहरुलाई भेटेर दवाब दिने निर्णय समेत गरेको छ ।