काठमाडौं, १५ भदौ । मंगलबार श्री पुर्वी पृतना हेडक्वार्टर अन्तर्गतका युनिटहरुको निरीक्षण भ्रमणमा जानुभएका प्रधानसेनापति राजेन्द्र क्षत्रीले बुधबार सप्तरी जिल्लाको राजबिराजस्थित श्री कृष्णदल गण र झापा जिल्लाको तोपगाछीस्थित श्री नं. २१ बाहिनी अड्डाको निरीक्षण गर्नु भएको छ ।
सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार निरीक्षण भ्रमणको क्रममा प्रधानसेनापति क्षत्रीले उक्त युनिटहरुको स्थलगत बस्तुस्थिति विवरण, तालिम, बन्दोबस्ती लगायत अन्य विविध पक्षबारे जानकारी हासिल गर्नु भएको छ ।
नियमित निरीक्षण भ्रमणको क्रममा श्री पुर्वी पृतना हेडक्वार्टर अन्तर्गतका युनिटहरुको निरीक्षण भ्रमण पश्चात् प्रधानसेनापति क्षत्री आजै काठमाडौं फिर्ता हुनु भएको छ ।

















प्रतिक्रिया