१९ कार्तिक २०८३, बिहिबार

पेन्सन र निःशुल्क उपचार सुविधा दिन पूर्व सांसदहरुको माग

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pm-sansad

काठमाडौँ, १५ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहालसँग पूर्व सांसदले भेटेर आफ्ना अनुभव र ज्ञान राज्यको हितमा लगाउन आग्रह गरेका छन् ।

आज बिहान पूर्व सांसद मञ्चका अध्यक्ष ओमकारप्रसाद श्रेष्ठको नेतृत्वमा प्रम निवास बालुवाटार पुगेको प्रतिनिधिमण्डलले प्रधानमन्त्रीसँग आफूहरु मुलुकको हितमा सक्रिय भएर काम गर्न चाहेको बताएको हो ।

सो अवसरमा प्रधानमन्त्री दाहालले मुलुकको विकास र राजनीतिक स्थिरताका लागि आफ्नो ठाउँबाट आवश्यक भूमिका खेल्न पूर्व सांसदलाई आग्रह गर्नुभयो । उहाँले उनीहरुलाई मुलुकको समृद्धिमा सघाउँदै परिवर्तित सन्दर्भमा मुलुकको सकारात्मक हितमा लाग्न जोड दिनुभएको उहाँका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिनुभयो ।

भेटमा पूर्व सांसद मञ्चले सेवा, सुविधा र मर्यादा दिन माग गर्दै लिखित ज्ञापनपत्र बुझाएको मञ्चका महासचिव शङ्करनाथ शर्मा अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार पूर्व सांसदहरुले पेन्सन र उपचार खर्च तथा यातायातमा सुविधा माग गरेका छन् ।

उहाँका अनुसार प्रधानमन्त्रीले पूर्व सांसदको मर्यादाका विषयमा आफू सकारात्मक भएको भन्दै अन्य मागका विषयमा सबै पक्षसँग छलफल गर्ने बताउनुभएको थियो । रासस