१९ कार्तिक २०८३, बिहिबार

रोल्पाको पुनर्संरचनाः पाँच तहमा बिभाजन गर्ने निर्णय

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rolpa District 1– जीवन डाँगी

रोल्पा, १५ साउन । स्थानीय तह पुनःसंरचना अन्तर्गत रोल्पा जिल्ला पाँच तहमा बिभाजन गने निर्णय गरिएको छ ।

राज्य पुनःसंरचना आयोगले रोल्पा जिल्लालाई एक नगरपालिका र ६ गाँउपालिका गरि सात तहमा बिभाजन गर्न प्रस्ताब गरेको थियो । जिल्लाका राजनीतिक दलहरुको सहमतिमा एक नगरपालिका र ६ गाँउपालिका घटाएर पाँच स्थानीय तह प्रस्ताब गरिएको छ ।

रोल्पा जिल्ला प्राबिधिक सहयोग समिति र जिल्ला स्थित क्रियाशिल राजनीतिक दलहरुले सातमा बिबाद भए पछि पाँच स्थानीय तह बनाउदा उपयुक्त हुने निष्कर्ष निकाल्र्दै सहमतिमा हस्ताक्षर गरेका थिए । सबै दलहरुको सहमतिमा पाँच स्थानीय तह बनाएको र अझै पनि सातमा छलफल गर्न सहमत भए एमाले पाटी तयार रहेको नेकपा एमाले रोल्पाका अध्यक्ष हरि प्रसाद घर्तीले बताउनुभयो ।

बिबाद बढ्दै गएपछि बिबाद सुल्झाउनको लागि यस्तो निर्णय गरेको बुझिन्छ । यदि यो निर्णय बिबाद सुल्झाउनकै लागि हो भने रोल्पाली जनताले संघीयताको महसुस गर्न नसक्ने नेपाली कांग्रेस रोल्पाका लेखमणी डाँगीले बताउनुभयो । रोल्पामा कम्तीमा पनि नौ स्थानीय तह बनाउनुपर्ने आफ्नो पाटीको धारण रहेको उहाँको भनाई छ ।

नेपाली कांग्रेसको तर्फबाट सभापति अमरसिङ पुनले पाँच स्थानीय तह बनाउने सहमति जनाए पनि नेता तथा कार्यक्रताहरु असन्तुस्त भए पछि पुनले पाटीको तर्फ बाट बिज्ञप्ती समेत निकाल्न बाध्य भएका छन् । उता नेकपा माओबादी केन्द्रको तर्फ बाट उपाध्यक्षले ऋषिराम रोक्काले सहमतिमा हस्ताक्षर गरे पनि सख्या घटाएकोमा आफ्नो पाटीको आपति रहेको भन्दै नेकपा माओबादी केन्द्र रोल्पाले प्रेस बिज्ञप्ती निकालेको छ । थोरै गाँउपालिका बनाउँदा भौगोलिक बिकटताको समस्या र धेरै बनाउदा स्थानीय श्रोत साधनको कमीको समस्या हुने भएकाले १० देखि ११ गाँउपालिका बनाउनु पर्ने बिज्ञप्तीमा उल्लेख गरिएको छ । पाटीमा छलफल नगरेरै गरिको निर्नय गलत भएको माओबादी केन्द्रका एक नेताको भनाई छ ।

आयोगको म्यान्डेट बिपरित दलहरुले हस्तक्षेप गरेर जनताको भाबना नबुझेको मानबअधिकारकर्मी तथा पत्रकार खेम बुढाको बुझाई छ । माओबादी केन्द्र र काङग्रेसले निकालेको बिज्ञप्तीमा टिप्पनी गर्दै एमाले अध्यक्ष घर्तीले एक जिम्बेवार नेता तथा पाटीको तर्फ बाट प्रतिनिधित्व गरेर गरेको निर्नय बिपरित निकालेको बिज्ञप्तीको केहि तुक नभएको बताउभयो । पाटीको तर्फ बाट सहमति जनाएर माओबादी र काङग्रेसले बिज्ञप्ती निकाल्नु गलत भएको उहाँको भनाई छ ।

सात पठाउने कि पाँच पठाउने भन्नेमा अन्यौल्ता रहेको स्थानीय बिकास अधिकारी सुशील बैध्यले बताउनुभयो । दलहरुको सर्बसम्मतका आधारमा पाँच नै बठाउनु पर्ने उहाँको भनाई छ ।

यसै गरि गाँउपालिकाको केन्द्र घतीगाँउ बनाएको बिरोधमा जिनाबाङका सर्बदलियले गाबिस कार्यालयमा तालाबन्दी गरेका छन् । यदि आफ्नो माग सनुवाई नगरे जिल्ला बिकास समिति र राजनितिक दलका जिल्ला पाटी कार्यालयमा ताला लगाउने कुलबहादुर केसीले जानकारी दिनुभयो ।