११ कार्तिक २०८३, बुधबार

भारतीय जोडीमाथि छानविन भएपछि सहयोगीहरू बेपत्ता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sagarmathaकाठमाडौं, १५ भदौ । भारतीय जोडीमाथि छानविन शुरु भएपछि उनीहरुको सहयोगीका रुपमा खटिएका शेर्पा फुर्तेम्बा शेर्पा र फुर्वा शेर्पा फरार भएको मन्त्रालयको भनाई छ ।

‘उनीहरुको खोजी र अनुसन्धान जारी छ’, मन्त्रालयका सहसचिव उपाध्यायले भने, ‘सम्पर्क अधिकृतका रुपमा खटिएका कर्मचारी र प्रमाणपत्र दिने अधिकारीलाई चेतावनी दिइएको छ ।’ नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

विभागका अनुसार सन् २००१–०२ मा पनि एक जना बेलायती नागरिकलाई नक्कली तस्वीर प्रयोग गरी आरोहणको दाबी गरेको अभियोगमा तीन वर्षको प्रतिवन्ध लगाइएको थियो ।

तर, प्रमाणपत्र खारेज भएको इतिहास भने पहिलो हो । भारतीय जोडीमाथिको प्रतिवन्धले नेपालमा गैरकानूनी गतिविधि गर्नेमाथि कारवाही हुन्छ भन्ने सन्देश प्रवाह भएको मन्त्रालयका प्रवक्ता तथा सहसचिव घनश्याम उपाध्यायको भनाइ छ ।

आरोहीहरुका अनुसार शेर्पा सहयोगी र सम्पर्क अधिकृतलाई रकम खुवाएर मिलेमतोमा आरोहणको प्रमाणपत्र लिने आरोही धेरै हुन्छन् ।

तर, नेपालमा नक्कली तस्वीर प्रमाणित गर्ने उच्च प्रविधिको अभाव र उजुरी नआएपछि यस प्रकारका गतिविधिको छानविन हुँदैन ।

नक्कली आरोहण निरुत्साही गर्न शेर्पा सहयोगीको भूमिका महत्वपूर्ण हुने श्रेष्ठले बताए ।