२ कार्तिक २०८३, सोमबार

नाडामार्फत सुजुकीको भिटारा ब्रेजा सार्वजनिक, स्टलमार्फत लिमिटेड अप्सनको बुकिङ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sujuki-vitara-car

काठमाडौं, १४ भदौ । सीजी नेक्स्ट जेनले नेपाली बजारमा स्पोर्टिएस्ट एसयूभीका रुपमा अत्यधिक चर्चामा रहेको सुजुकी भिटारा ब्रेजा सार्वजनिक गरेको छ । काठमाडौंको भृकुटी मण्डप स्थित प्रदर्शनी स्थलमा आयोजना भइरहेको नाडा अटो शो–२०१६ मार्फत कम्पनीले भिटार ब्रेजा सार्वजनिक गरेको हो ।

नाडा मार्फत सार्वजनिक गरिएको नयाँ भिटारा ब्रेजालाई कम्पनीले ६ भिन्न भ्यारिण्ट उपलब्ध गराएको छ । कम्पनीले नाडा अवधिभर ब्रेजाको लिमिटेड अप्सनपनि उपलब्ध गराएको जानकारी दिएको छ । लिमिटेड अप्सनमा कम्पनीले स्पोर्ट्स र ग्ल्यामर एडिशन उपलब्ध गराएको हो । कम्पनीका अनुसार विशेष एडिशनका यी कारको बुकिङ भने नाडा अवधिभर कम्पनीको स्टल नं ‘ए स्टार वान’मार्फत मात्र गर्न सकिनेछ ।

सार्वजनिक गरिएको नयाँ भिटारा ब्रेजाकोे शुरुवाती मुल्य रू. ३५ लाख ९९ हजार तोकिएको छ । सीजी नेक्स्ट जेन नेपालका लागि सुजुकी गाडीको आधिकारिक विक्रेता हो ।

कम्पनीले भिटारा ब्रेजा नेपाली बजारमा सेग्मेण्टमै पहिलो पटक डुअल कलर स्किम सहित भित्र्यएका छ । कारमा उत्कृष्ट कार्य क्षमता प्रदर्शनीका लागि डीडीआईएस २०० ईञ्जिन जडान गरिएको छ । डीडीआईएस २०० डिजल ईञ्जिनले ९० पीएस शक्ति र २४ दशमलव ३ किलोमिटर प्रति लिटर माइलेज दिने कम्पनीको दावी छ । उत्कृष्ट ग्राउण्ड क्लियरेन्स र स्पोर्टी बडी किट सहितको यस कारमा स्पोर्टी अलो ह्विल्स देखिने गरी मस्कूलर ह्विल आर्कको प्रयोग गरिएको छ । गतिशिलताको अनुभव दिन यसमा फ्लोटिङ रुफ डिजाइनको पनि प्रयोग गरिएको छ । यी लगायत अन्य आकर्षक डिजाइन फिचर्सले कारलाई पृथक तथा आकर्षक लुक प्रदान गर्न उल्लेख्य सहयोग गरेको छ ।

कारमा आन्तरिक सजावतका लागि पीयानो फिनिस सहित स्पोर्टी सिटको प्रयोग गरिएको छ । यात्रामा आरामदायी अनुभवका लागि कारमा यस सेग्मेण्ट अन्तर्गतकै ठूलो क्याविन र बुटस्पेस उपलब्ध गरिएको कम्पनीले जानकारी दिएको छ । कारमा चालक तथा यात्रुको सुरक्षामा पनि विशेष ध्यान दिइएको छ । यसका लागि कारमा कम्प्युटर एडेड डिजाइन प्रयोग गरिएको सुजुकी टीईसीटी प्रणाली जडान गरिएको छ । साथै, एयर ब्याग (standard across all variant), एबीएस तथा प्रि टेन्सनर र फोर्स लिमिटर सहितकोे छ ।

कम्पनीले कारमा बेष्ट इन क्लास फिचर्सका रुपमा एप्पल कार प्ले सहितको स्मार्ट प्ले ईन्फोटेनमेण्ट प्रणाली, क्रुज कन्ट्रोल, एण्टि पिन्च गार्ड पावर विण्डो लगायत फिचर्सहरु रहेका छन् । कारमा किलेस एण्ट्रि, स्टेरिङ माउण्टेड कन्ट्रोल, ब्लू टूथ, भ्वाइस कमाण्ड, ईञ्जिन स्टार्ट स्टप बटन, क्यामेरा सहितको पार्किङ सेन्सर, अटो एसी लगायत सुविधापनि उपलब्ध रहेको छ ।