१ कार्तिक २०८३, आइतबार

निर्देशन नमान्ने मन्त्रीलाई किम जोङ उनले फाँसीमा झुण्ड्याए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kim_jong_un_russia_q

काठमाडौँ, १४ भदौ । नेता किम जोङ उनलाई अवज्ञा गरेको भन्दै उत्तर कोरियामा २ बरिष्ठ अधिकारीहरुलाई सार्वजनिक रुपमै फाँसी दिइएको छ ।

फाँसीमा मारिने त्यहाँका कृषि मन्त्री जुङआङ इल्बो र शिक्षा मन्त्रालयका बरिष्ठ अधिकारी हवाङ मिन रहेको बताइएको छ ।

दक्षिण कोरियाली अखबारले जनाए अनुसार अगष्टको शुरुवातमा नै ती अधिकारीहरुलाई फाँसी दिइएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
उत्तर कोरियामा शासक किम जोङ उनसँग असहमत भएर बरिष्ठ अधिकारीहरु मारिने श्रृंखलाको पछिल्लो कडी मात्र भएको विश्लेषकहरुले बताएका छन् ।

किम जोङ उनले सन् २०११ मा सत्तामा आएपछि आफूसँग असहमत हुने बरिष्ठ अधिकारी तथा आफन्तको हत्या गर्दै आएका छन् ।

गतवर्ष उनले आफ्नै अंकललाई पनि फाँसी दिएका थिए ।

उत्तर कोरिया सम्बन्धि विषय हेर्ने दक्षिण कोरियाली एकीकरण मन्त्रालयले भने यो विषयमा कुनै प्रतिक्रिया दिएको छैन ।