१ कार्तिक २०८३, आइतबार

रुसेफका हजारौँ समर्थकद्वारा संसद भवन बाहिर प्रदर्शन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

160418140205-brazil-rousseff-impeachment-protest-4-super-169ब्रासिलिया (ब्राजिल), १४ भदौ । ब्राजिलका राष्ट्रपति दिल्मा रुसेफविरुद्ध महाभियोग लगाउने विषयमा ब्राजिलियाली संसदमा अन्तिम छलफल हुने तयारी भइरहँदा रुसेफका हजारौँ समर्थकले संसद भवन बाहिर उहाँकोे समर्थनमा प्रदर्शन गरेका छन् ।

ब्राजियाली राष्ट्रपति रुसेफले सरकारद्वारा प्रस्तुत सङ्घीय बजेटमा वित्तीय कानुनको उल्लङ्घन गरेको आरोपमा यसै हप्ता संसदमा सुनुवाई हुँदैछ ।

यसै वर्षको मे महिनामा ब्राजिलियाली संसद (सिनेट) ले राष्ट्रपति रुसेफमाथि महाभियोग लगाउने निर्णय गर्दै उहाँमाथिको संसदीय सुनुवाईमा पदमा रहिरहँदा प्रभाव पर्नसक्ने भन्दै ब्राजिलको संविधान अनुसार १८० दिन निलम्बन गरिएको छ ।

रुसेफले आफूमाथि लगाइएको आरोप आफ्ना विरोधीले सत्ता हत्ताउने लोभका कारण ल्याएको भन्दै आफूबाट राष्ट्रहित विपरित कुनै काम नभएको जनाउनुभएको छ ।

ब्राजिलियाली सांसदले उहाँलाई महाभियोग लगाएर स्थायी रूपमा राष्ट्रपतिबाट हटाउने वा उहाँको कार्यकाल पूरा हुन दिने भन्ने विषयमा यसैहप्ता संसदमा मतदान गर्नेछन् ।

यदि संसदको दुईतिहाई मतदान रुसेफको विरुद्धमा परेमा उहाँको बाँकी कार्यकाल अन्तरिम राष्ट्रपति मिसेल टिमरले उत्तराधिकारीका रूपमा पूरा गर्नु हुनेछ ।

यदि संसदले राष्ट्रपति रुसेफको विपक्षमा आवश्यक बहुमत पु¥याउन नसकेमा रुसेफलाई सन् २०१८ सम्म ब्राजिलको राष्ट्रपतिका रूपमा पुनः काम गर्ने अवसर मिल्नेछ । – एपी