१९ कार्तिक २०८३, बिहिबार

कांग्रेस र एमाले पार्टी कार्यालयको विद्युत लाइन काटियो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

congress-uml

गुल्मी, १३ भदौ । लामो समयदेखि विद्युत महसुल नतिरेको भन्दै नेपाल विद्युत प्राधिकरण गुल्मी बितरण केन्द्रले जिल्लास्थित नेपाली काँग्रेस र नेकपा एमाले पार्टी कार्यालयको विद्युत लाइन काटेको छ ।

प्राधिकरणलाई एमाले पार्टी कार्यालयले २३ हजार २४० रुपैयाँ र कांग्रेस पार्टी कार्यालयले १५ हजार महसुलको बाँकी बक्यौता बुझाएका छैनन् । महसुलको बाँकी बक्यौता नबुझाएपछि लाइन काटिएको गुल्मी वितरण केन्द्रका प्रमुख दिपक सापकोटाले बताए ।

उनका अनुसार प्राधिकरणको गुल्मी वितरण केन्द्रले अहिलेसम्म महसुल नर्तिने ४० जना ग्राहकको समेत लाइन काटिसकेको छ ।

महसुल नबुझाउनेको लाइन काट्ने माओवादी केन्द्रका नेता एवं उर्जामन्त्री जनार्दन शर्माको निर्देशन अनुसार नै कांग्रेस र एमाले कार्यालयको लाइन काटिएको प्राधिकरणको गुल्मी वितरण केन्द्रले जनाएको छ ।

यसअघि उर्जामन्त्रीकै निर्देशनमा पूर्व मुमा बडामहारानी रत्नराज्य लक्ष्मी शाहको निवास महेन्द्र मञ्जीलमा लाइन काटिएको थियो ।