काठमाडौं, १३ भदौ । नेपाली कांग्रेस नेता प्रकाशमान सिंहले स्थानीय निकायको पुनर्संरचना तत्काल टुँगो लगाएर तीन तहको निर्वाचनको वातावरण बनाउनुपर्ने बताउनु भएको छ ।
सोमबार नेपाली कांग्रेस काठमाडौ जिल्ला क्षेत्र नं ३ ले आयोजना गरेको कार्यक्रममा बोल्दै दलहरुबीच आपसी समझदारी कायम गरेर अघि बढ्नुपर्ने मुलुकको आवश्यकता रहेकाले दलहरुले आफूलाई जिम्मेवार रुपमा प्रस्तुत गर्ने बेला आएको समेत प्रष्ट पार्नुभयो ।
नेता सिंहले अहिलेको संविधान सबैभन्दा बढी महिलामैत्री भएको जानकारी गराउनुभयो ।













प्रतिक्रिया