रसुवा, १३ भदौ । ओखलढुङगा खिजिफलाँटे वार्ड नं. १ का १८ वर्षीय पासाङ तामाङ तुईन चुडिँदा लाङटाङ खोलामा खसेर बेपत्ता भएका छन् ।
लाङटाङ–९ घोडा तबेला भन्ने स्थानमा काठ चिर्ने मिलको लागि फ्युल लिएर तुईन मार्फत लाङटाङ खोला तर्ने क्रममा तुइन चुडिँएको हो ।
पासाङ तामाङ सोही ठाउँस्थित आवास निर्माणको लागि काठ मिलमा काम गर्दै आएका थिए ।
घटनाको खबर प्राप्त हुनासाथै खटिएको प्रहरीटोलीले स्थानीयबासीको सहयोगमा उनको खोजी गरिरहेको केन्द्रिय प्रहरी समाचार कक्षले जनाएको छ ।












प्रतिक्रिया