काठमाडौं, १३ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आसन्न भारत भ्रमणको गृहकार्यमा जुटेका छन् ।
३० भदौदेखि हुने भ्रमण मितिलाई आधार बनाएर सरकारले अनौपचारिक रुपमा गृहकार्य अगाडि बढाएको हो । राजधानी दैनिकले समाचार छापेको छ ।
प्रधानमन्त्रीको विशेष दूतका रुपमा उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि दिल्ली गएका बेला ३० भदौदेखि १ असोजसम्मका लागि प्रधानमन्त्रीको भारत भ्रमण मिति तय भएको थियो ।
यद्यपि, सरकारले प्रधानमन्त्रीको भारत भ्रमणको मिति औपचारिक रुपमा घोषणा गरिसकेको छैन ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले केही दिन भित्रै औपचारिक रूपमा प्रधानमन्त्रीको भारत भ्रमणमा प्रधानमन्त्रीले नेपाल तर्फबाट उठाउने एजेन्डाका विषयमा छलफल तथा परामर्श गर्ने तयारी गरेको छ ।















प्रतिक्रिया