ललितपुर, १२ भदौ । नेकपा एमाले जिल्ला कमिटी ललितपुरको १७ औं बैठकले कार्यविभाजनमा हेरफेर गरेको छ ।
स्थानीय निकाय लक्षित कार्ययोजना पारित गर्नुका साथै कार्ययोजनामा हेरफेर गरिएको जिल्ला कमिटी अध्यक्ष हरिकृष्ण व्यञ्जनकारले बताउनुभएको छ । नेकपा एमाले जिल्ला कमिटी ललितपुरको कामको अवस्था, कार्यकर्ताको चाहना र माग तथा स्थानीय कमिटीसँगको अनुकुलता समेतलाई मध्यनजर गर्दै निम्नानुसार भूगोल विभाग तथा फाँट एवम् कार्यालयहरूको जिम्मेवारी सम्हाल्ने गरी कार्यविभाजन गर्न अध्यक्षको प्रस्तावमा हेरफेर गरिएको हो ।
जिल्ला कमिटीले स्थानीय विकास विभागमा अध्यक्ष हरिकृष्ण व्यञ्जनकार, जिल्ला विकास समितिको प्रतिनिधित्व गर्न श्यामकृष्ण सिलवाल, सङ्गठन विभागमा रामचन्द्र दाहाल, मोर्चा सङ्गठन विभागमा कृष्णमान लामा, पार्टी स्कूल र जल तथा उर्जा विभागमा रामकृष्ण हुमागाईलाई जिम्मेवारी दिइएको अध्यक्ष व्यञ्जनकारले जानकारी दिएका छन् । यस्तै वैठकले प्रचार विभागमा अमृतनाथ तिमल्सिना, न्याय तथा कानुन विभागमा राम राउत, कृषि तथा भूमीसुधार विभागमा कृष्णप्रसाद सापकोटा, उद्योग तथा वाणिज्य विभागमा गम्भीर राणा, उपभोक्ता हीत संरक्षण विभागमा राजेन्द्र थापामगर, वन तथा वातावरण विभागमा वालमुकुन्द घिमिरे, शहरी विकास विभागमा दामोदर खड्का, सहकारी विभागमा नानीकाजी शाक्य, श्रम तथा रोजगार विभागमा नवराज घिमिरेलाई जिम्मेवारी तोकिएको पनि उनले बताए ।
त्यसैगरी शिक्षा तथा मानवस्रोत विभागमा कमला थापा, संस्कृति विभागमा गोविन्दमान व्यञ्जनकार, सामाजिक सेवा विभागमा मधुकर तुलाधर, विज्ञान तथा प्रविधि विभागमा अब्दुल खान, पर्यटन विभागमा चरसुन्दर महर्जन, पुस्तकालय तथा अभिलेख विभागमा रत्न महर्जन, कार्यालय सचिवमा पुरूषोत्तम आचार्य, महिला फाँटमा तारा सञ्जेल, किसान फाँटमा केदार केसी, युवा फाँटमा हरिशरण गिरी, युवा संघ इञ्चार्ज सरस्वती खड्का, स्वास्थ्य तथा जनसंख्या विभागमा सरला केसीलाई जिम्मेवारी दिइएको जनाइएको छ । नेपाल खेलकुद महासंघमा शैलेन्द्र राउत, विद्यार्थी इञ्चार्जमा राजेन्द्र श्रेष्ठ, आर्थिक विभाग हरिगोविन्द श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था विभागमा कुमार थापा, भूपू सैनिक प्रमुख नौराज राई, मुक्ति समाज प्रमुख कुमाल नेपाली र भक्तबहादुर अछामी रहेका छन् । यस्तै ललितपुर उपमहानगरपालिकामा श्रीगोपाल महर्जन र ज्ञानेन्द्र शाक्यलाई जिम्मेवारी तोकिएको छ भने पेशागत बुद्धिजीवी फाँटको जिम्मेवारी डा.माधव कोइरालालाई तोकिएको जिल्ला कमिटीका अध्यक्ष व्यञ्जनकारले बताए ।
जिल्ला कमिटी वैठकले भूगोलको जिम्मेवारी पनि हेरफेर गरेको जनाएको छ । पार्टीको कामलाई सम्पूर्ण रूपमा स्थानीय निकाय केन्द्रित भएर अगाडि बढ्ने तयारी गरी यस्तो हेरफेर गरेको अध्यक्षले बताएका छन् । बैठकले रत्नहरी सञ्जेललाई सल्लाहकारमा मनोनयन गरेको छ भने आर्थिक विभागको सदस्यमा श्याम व्यञ्जनकार र रवी महर्जनलाई मनोनयन गरेको छ । यस्तै प्रचार विभागमा डिल्लीराम आचार्य, रमेशप्रसाद तिमल्सिना र राजनप्रसाद बञ्जारालाई मनोनयन गरेको पनि अध्यक्ष व्यञ्जनकारले जानकारी दिएका छन् ।












प्रतिक्रिया