१९ कार्तिक २०८३, बिहिबार

आईएमई अध्यक्षद्वारा एनआरएनएको नवौं क्षेत्रीय सम्मेलनलाई सम्बोधन

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Chandra-dhakal

काठमाडौं, १२ भदौ । आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले अमेरिकास्थित न्यू जर्सीमा यहि २७ अगष्टदेखि सुरु भएको गैरआवासीय नेपाली संघको नवौं क्षेत्रीय सम्मेलनलाई नेपाल उद्योग बाणिज्य महासंघ तथा नेपालको समग्र नीजि क्षेत्रको तर्फबाट सम्बोधन गर्नुभएको छ ।

उक्त उद्घाटन सत्रमा मन्तब्य व्यक्त गर्दै अध्यक्ष ढकालले राजनीतिक स्थायित्वपछि मात्र नेपालमा लगानी गरौंला भनेर प्रतीक्षा नगर्न सबै गैरआवासीय नेपालीलाई अनुरोध गर्नुभयो । सबै राजनीतिक दल र सरकारले देशको आर्थिक विकासमा प्रतिवद्वता व्यक्त गर्दै आएकाले पनि नेपालमा लगानी गर्नुपर्ने धारणा राख्नुभयो ।

नेपाल उद्योग वाणिज्य महासंघको अन्तर्राष्ट्रिय तथा गैरआवासीय नेपाली लगानी प्रवर्द्धन समितिका सभापति समेत रहनुभएका अध्यक्ष ढकालले आफूले गैर आवासीय नेपाली सम्मेलनमा निरन्तर सहभागिता जनाउँदै आएको र नेपालको नीजि क्षेत्र गैर आवासीय नेपालीहरुसँग सहकार्य गरी देशको आर्थिक विकास गर्न तयार रहेको बताउनुभयो ।

अगष्ट २७ र २८ गरी दुई दिन चल्ने उक्त सम्मेलनमा नेपाल सरकारका उच्चपदस्थ कर्मचारीहरु, उद्योगपति एवं एनआरएन पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।