काठमाडौं, १२ भदौ । चर्चित विश्व पर्वतारोही एवं लामो दुरीका धाबक संजय पण्डितले आफूले युरोपको सबभन्दा अग्लो शिखर एल्ब्रुसमा ६ मिनेट ३ सेकेण्ड अर्धनग्न भएर कृतिमान गरेको तस्बिर नब नियुक्त पर्यटनमन्त्री जिबन कुमार शाहीलाई आइतबार सम्मान स्वरुप प्रदान गरेका छन् ।
आज सिहदरबारमा उनले तस्बिरसंगै दोसल्ला ओडाएर मन्त्रीलाई सम्मान गरे । सगरमाथासहित विश्वका चर्चित हिमालहरुको कीर्तिमानी आरोहण गरेका पण्डितले अस्ट्रेलिया र अफ्रिकाको उच्च सिखर कोजियसको र किलिमन्जारो उल्टो हिडेर आरोहण गरेका थिए ।
उनी यसै बर्षको अन्त्यतिर विन्सोंन मशिफको आरोहणमा जुटेका छन् । पण्डितले नबनियुक्त मन्त्रिसंगै नेपालको पश्चिम भेगले पर्यटनमा आमुल परिबर्तन गर्न जोडदार माग समेत गरेका छन् ।
पण्डित नेपालकै पहिलो उल्टो हिडेर हिमाल आरोहण गर्ने विश्व पर्वतारोही हुन् । अभिनन्दन कार्यकममा चर्चित सामाजिक अभियन्ता तथा युवा नेता ऋषि केश जङ्ग शाह लगायतको उपस्थिती थियो ।













प्रतिक्रिया