काठमाडौं, १२ भदौ । भारत स्वशासित क्षेत्र काश्मिर मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्न पाकिस्तानले विशेष तयारी थालेको छ ।
काश्मिरमा भइरहेको अत्याचार र मानवअधिकार हनन मुद्दालाई अन्तर्राष्ट्रिय फोरममा पुगाउन पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफले आफ्ना २२ सांसदलाई विशेष दूत बनाएर विभिन्न देशमा पठाउन लागेको त्यहाँको विदेश मन्त्रालयले जनाएको छ ।
‘हामी संयुक्त राष्ट्रसंघलाई काश्मिरी जनताको आत्मनिर्णयको अधिकार दिलाउने लामो समयदेखिको संकल्प स्मरण गराउन गइरहेका छौं । यसपटक काश्मिरी जनताले न्याय पाउनेछन्,’ पाकिस्तानी प्रधानमन्त्री शरिफले भनेका छन् । उनले अब काश्मिर भारतबाट स्वतन्त्र हुनसक्ने र त्यसका लागि पाकिस्तानले सबै शक्ति परिचालन गर्ने बताए ।
पछिल्लो समय भारत प्रशासित काश्मिर जारी आन्दोलनमा सयौले ज्यान गुमाएका छन् भने धेरैलाई नियन्त्रणमा लिइएको छ ।
















प्रतिक्रिया