काठमाडौं, १२ भदौ । नेपालका निर्माणाधीन विमानस्थल सञ्चालनका लागि अनिवार्य मानिएको खुला आकाश सम्झौता गर्न अन्ततः भारत तयार देखिएको छ ।
प्रधानमन्त्री प्रचण्डको आसन्न भारत भ्रमणका क्रममा यो सम्झौता गर्ने तयारी भइरहेको संस्कृति पर्यटन तथा नगरिक उड्डयन मन्त्रालयले जनाएको छ । कारोबार दैनिकले समाचार छापेको छ ।
भैरवाह विमानस्थल निर्माणले गति लिइरहे पनि यो सम्झौता नहुँदा यसको भविश्य नै अन्योलमा परेको थियो ।
सम्झौता गर्न भारतले आलटाल गर्दै आए पनि पछिल्लो समय सकारात्मक देखिएपछि पर्यटन मन्त्रालयले परराष्ट्रमार्फत गत साता भारतलाई पत्र पठाएको छ ।















प्रतिक्रिया