
काठमाडौं, १२ भदौ । पतिको दीर्घायु कामना गर्दै हिन्दु नारीहरूले मनाउने हरितालिका तीज पर्व यसपाली भदौ १९ गते परेको छ ।
सन्तानको दीर्घायु कामना गर्दै तराईका महिला भने असोज ७ गते जितिया पर्वमा रमाउँछन् ।
दुवै पर्व केही दिन टाढै छन् तर शनिबार राजधानीमा भेला भएका यी दुई समुदायका महिलाहरूले एकै ठाउँमा एकै पटक दुई पर्व मनाए ।
जनकपुरिया समाजद्वारा ‘तीज जितिया दर तथा ओठगन कार्यक्रम’मा दरका खुख्य परिकार खिर र जितियाको मडुवा खुवाइयो ।
राजधानी बस्दै आएका जनकपुरका पहाडी तथा तराई मुलका महिला सहभागी कार्यक्रममा दुबैले आपसमा रमाउँदै नाचगान गरे ।
मैथिल समुदायका घुम्टो लगाएका महिलाहरूले तिजको रहर आयो बरि लै गीतमा पहाडी महिलासँगै कम्मर मर्काए ।















प्रतिक्रिया