११ कार्तिक २०८३, बुधबार

विदेशका जेलमा कति छन् नेपालीहरू ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Jailsकाठमाडौं, १२ भदौ । पुष्पकमल दाहाल प्रधानमन्त्री भएको साता साउदी अरबको हायल जेलमा रहेका काभ्रेका रामचन्द्र तिमल्सिनाको जीवन रक्षाका लागि भन्दै चन्दा संकलन सुरू भयो ।
मदिरा सेवन गरी तिमल्सिनाले चलाएको गाडी दुर्घटना हुँदा पाकिस्तानी नागरिकको ज्यान गएको थियो ।
त्यसमा तिमल्सिनालाई दोषि ठहर गर्दै अदालतले ब्लडमनीवापत पीडित परिवारलाई ३ लाख साउदी रियाल झन्डै ८७ लाख रूपैयाँ दिनुपर्ने फैसला सुनाएको थियो ।
नेपाली दूतावासले पठाएको प्रतिनिधि र पीडित पक्षबीच भएको छलफलमा एक लाख २० हजार रियाल तिर्नुपर्ने सम्झौता भएपछि एनआरएन साउदीले रकम संकलन सुरू गरेको थियो ।
यसको चौतर्फी चर्चा हुन थालेपछि प्रधानमन्त्री दाहालले खाडीको जेलमा रहेका नेपालीको यथार्थ बुझ्न चाहे ।
परराष्ट्र सचिव शंकर वैरागीलाई प्रधानमन्त्रीले सोधे( विदेशका कुन देशमा कति नेपाली जेलमा छन् ? त्यसै अनुसार  बढी नेपाली जाने देशमा दूतावासले जेलमा रहेका नेपालीको तथ्यांक अपडेट गरिरहेको छ ।
खाडीको जेलमा श्रम मामलाको विवादसँग जोडिएका नेपाली मात्रै छैनन् ।
फौजदारी मुद्दाका संवेदनशील अभियोगमा  पनि वर्षौदेखि थुनिएका छन् ।
खाडीका दूतावासहरूले पछिल्लो समय तयार पारेको प्रतिवेदनअनुसार एक हजारभन्दा बढी नेपाली जेलमा छन् ।
जसमा ८६३ फौजदारी अभियोगमा जोडिएका छन् । बाँकी करिब दुई सय नेपाली घर फिर्ती केन्द्रमा नेपाल आउने दिनको कुराइमा छन् ।