१९ कार्तिक २०८३, बिहिबार

विरामी ठग्ने मेडिकललाई कारबाही गर्न स्वास्थ्यमन्त्री थापाको निर्देशन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Gagan-thapa

काठमाडौँ, ११ भदौ । नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री गगन थापाले काठमाडौं उपत्यका र बाहिरका जिल्लामा बिनादर्ता भएका औषधि पसललाई कारबाहीका दायरामा ल्याउन औषधि व्यवस्था विभागलाई निर्देशन दिएका छन् ।

औषधि व्यवस्था विभागले गरेको औषधि व्यवस्थापन कार्यक्रममा उनले भने, ‘बिनादर्ता सञ्चालन हुँदै आएका औषधि पसललाई एक महिना दर्ता गर्ने समय दिनुस् तर एक महिनाभित्र दर्ता नगर्ने औषधि पसललाई बन्द गर्नाका साथै सञ्चालकलाई कारबाहीको दायरामा ल्याउने कार्य सुरु गरिहाल्नुहोस् ।’

मन्त्री थापाले कतै एक जनाका नाममा औषधि पसल दर्ता गरी सञ्चालन अरुले नै गर्ने गरेकाले उनीहरुलाई पनि कारबाही गर्न विभागलाई निर्देशन दिए ।

औषधि व्यवस्था विभागका महानिर्देशक बालकृष्ण खकुरेलले थोरै दक्ष जनशक्तिले धेरै काम गरिरहनुपरेको गुनासो गरे । आजैदेखि विभागद्वारा गरिने सम्पूर्ण काम औषधि उत्पादन, पैठारी, औषधि पसल दर्ता र औषधि पसल दर्ताजस्ता सम्पूर्ण काम अनलाइन पद्धतिबाट हुने उनले बताए ।