१९ कार्तिक २०८३, बिहिबार

लोकमानमाथि सर्वाेच्च अदालतले एक्शन लियो, अब के गर्लान ?

5.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

1465736181Lokmanकाठमाडौं, ११ भदौ । सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीलाई नियुक्ति गर्दाको सक्कल कागजपत्र माग गरेको छ ।

न्यायाधीश दीपक कार्की, विश्वम्भर श्रेष्ठ र ईश्वर खतिवडाको इजलासले आयोगका प्रमुख कार्कीको नियुक्तिको सक्कल कागपत्र सरकारसँग माग गरेको अदालतका प्रवक्ता नहकुल सुवेदीले जानकारी दिए ।

प्रवक्ता सुवेदीले तत्कालीन मुख्य अधिकृत (मुख्य सचिव) लोकमानसिंह कार्कीलाई स्पष्टीकरण पेस गर्ने सम्बन्धमा लेखिएको सामान्य मन्त्रालयको २०६३ चैत ११ गते पत्रसहितको सङ्कलित फाइल पनि माग गरिएको बताए ।

आयोगका प्रमुखमा कार्कीको नियुक्तिविरुद्ध २०७२ मङ्सिर ९ गते अधिवक्ता ओमप्रकाश अर्यालले रिट निवेदन दायर गरेका थिए ।