१९ कार्तिक २०८३, बिहिबार

जुम्लामा स्थानीय तह वृद्धि गर्न माग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

jumla_districtकाठमाडौं, ११ भदौ । काठमाडौंमा रहेका हुम्लीले हुम्लामा नौ देखि १५ क्षेत्रसम्म स्थानीय तह निर्धारण गर्न माग गरेका छन् ।

शुक्रबार आयोजित अन्तक्र्रियामा सहभागीले जनसङ्ख्याजस्तै भूूगोलको उपयोग तथा व्यवस्थापन गर्न सके हुम्लाको आर्थिक परिवर्तन हुने बताए ।

हुम्लाका प्रजिअ डा कृष्णबहादुर घिमिरेले हुम्लामा १९ प्रतिशत बस्न र खेतीयोग्य जमिन रहेको बताउँदै स्थानीय पुुनःसंरचना आयोगले गरेको प्रस्तावलाई हुम्लीको सुझाव अनुसार परिवर्तन गर्न सकिने विचार व्यक्त गर्नुभयो ।

हुम्लाका स्थानीय विकास अधिकारी बलदेवप्रसाद जोशीले सो विषयमा हुम्लामा पाँच वटा अवधारणा आएको जानकारी दिनुभयो । त्यहाँ ५, ७, ८, ९ र १३ सङ्ख्याको कुरा आएको जानकारी दिँदै उहाँले भन्नुभयो– “सङ्ख्या किटान भएपछि अरु काम अघि बढाउन सकिन्छ । संवैधानिक रुपमा २२ वटा अधिकार प्रयोग गर्ने अधिकार स्थानीय सरकारमा रहन्छ ।”

अधिकारकर्मी धनञ्जय बूढा लगायतले बस्ती विकास र प्राकृतिक स्रोतमा विशेष ध्यान दिनुपर्ने बेला आएको बताउँदै नुनदेखि सुनसम्मको खानी तथा यार्सागुम्बा लगायत जडीबुटीको सम्भावनाका बारे बताउनुभयो ।

हुम्लाको विकासबारे विभिन्न क्षेत्रको अनुसन्धानकर्ता दीपेन्द्र रोकायाले भन्नुभयो– “यसका लागि बढी प्रतिनिधित्व हुने आधार निर्माण गर्न सकिएमा हुम्लाको स्रोत परिचालन गर्न सकिन्छ” । उहाँले त्यस क्षेत्रमा १५ स्थानीय निकाय हुँदा राम्रो हुने बताउनुभयो । हुम्लाको भूगोलअनुसार आयोगले पाँच क्षेत्रको प्रस्ताव गरेको छ ।

नेकपा (माओवादी केन्द्र)का नेता छिरिङ दम्डुल लामा र लालकेश जोशीले स्थानीय निकायको पुनःसंरचना गर्दा जनसङ्ख्याजस्तै भूगोललाई पनि मान्यता दिनुपर्नेमा जोड दिनुभयो । रासस