
काठमाडौँ, १० भदौ । नेपालका लागि भारतीय राजदूत रणजीत रायको टोली हिमालपारिको जिल्ला मनाङ पुगेको छ।
भारतीय राजदूतावासको सहयोगमा मनाङमा निर्माण गरिएको गुम्बा तथा विभिन्न सम्पदाको निरीक्षण गर्ने बताइए पनि भित्री उद्देश्य भने अर्कै छ । मनाङमा रहेर चिनियाँ गतिविधिलाई नियाल्ने उनीहरुको उद्देश्य रहेको छ । राजदूत रायको साथमा भारतीय गुप्तचर संस्था रअका नेपाल प्रमुख तथा अन्य गुप्तचरहरु पनि रहेको स्रोतको दाबी छ ।
हिमाल पारिको जिल्ला मनाङ तथा मुस्ताङको चीनसँग सोझो सम्पर्क छ । खासगरि, यार्सागुम्बाको समय सिजन भएका कारण यतिबेला मनाङमा चिनियाँ व्यापारीहरु समेत छ्याप्छ्याप्ती हुने गरेका छन् । भारतले चीनसँग सीमा जोडिएका स्थानमा विभिन्न विकासका नाममा चिनियाँ गतिविधिको सुराकी गर्ने गरेको छ।
हेलिकप्टरबाट शुक्रबार बिहान १०ः४५ बजे माथिल्लो मनाङ पुगेका राजदूत रायले पाँच दिन मनाङमा बिताउनु अर्थपूर्ण छ । उनी भ्रमणका क्रममा ‘आइसलेक’, ऐतिहासिक मिलेरेपा गुफा, मनाङको गङ्गापूर्ण पुग्नेछन् भने भारतीय दूतावासको सहयोगमा तीन वर्षदेखि करिब तीन करोडको लगानीमा मर्मत भइरहेको खाङसारस्थित तारे गुम्बाको अवलोकन गर्ने बताइएको छ।















प्रतिक्रिया