काठमाडौं, १० भदौ । राप्रपा नेपालले तीन जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ ।
शुक्रबार अध्यक्ष कमल थापाले पार्टीको विधान बमोजिम हेमजंग गुरुङ्ग (लमजुङ्ग) लाई केन्द्रीय सदस्य तथा प्रदेश नं. ४ को संयोजक, लालध्वज लामा (रामेछाप) लाई केन्द्रीय सदस्य तथा प्रदेश नं. ३ को उपसंयोजक र आशा लामा (काठमाडौं) लाई आमन्त्रित केन्द्रीय सदस्यमा मनोनयन गर्नु भएको हो ।
साथै राप्रपा परित्याग गरी राप्रपा नेपालमा प्रवेश गरेका गोरखा जिल्ला क्षेत्र नं. १ का अध्यक्ष भिषण अर्याल र क्षेत्र नं. ३ का अध्यक्ष विरमान गुरुङ्गलाई अध्यक्ष थापाले पार्टीको सदस्यता प्रदान गरी स्वागत समेत गर्नु भएको छ ।













प्रतिक्रिया