काठमाडौं, १० भदौ । नवनियुक्त सिँचाइमन्त्री दीपक गिरीले पदभार ग्रहण गर्नुभएको छ ।
राष्ट्रपति कार्यालय शीतल निवासमा शपथ लगत्तै सिंहदरबार पुग्नु भएका मन्त्री गिरीले पदभार ग्रहण गर्नुभएको हो । उहाँलाई सिँचाइ मन्त्रालयका सचिव, कर्मचारी तथा कांग्रेसका कार्यकर्ताहरुले मन्त्रालयमा भव्य स्वागत गरेको थिए ।
पदभार ग्रहण गर्नेवित्तिक सांसद गिरीले आफूले शून्य सहनशीलतामा काम गर्न कर्मचारीहरुलाई निर्देशन दिएको बताउनुभएको छ । ‘जनताले अनुभूति गर्ने गरेर सबैले जिम्मेवारीअनुसार काम गर्नुपर्छ’, उहाँले भन्नुभयो, ‘भ्रष्टाचार र अनियमितताका कुरा म सुन्न चाहन्न ।’
सिँचाइ मन्त्रालयका कामकारबाहीका विषयमा जानकारी लिएर आफूले काम गर्ने बताउनुभएका मन्त्री गिरीले भन्नुभयो, ‘जनताको पक्षमा सधै मेरो काम हुनेछ ।’ दाङ जिल्ला क्षेत्र नम्बर ५ बाट संविधानसभामा प्रत्यक्षतर्फ निर्वाचित सांसद गिरी पहिलो पटक मन्त्री बन्नु भएको हो । उहाँ नेपाली कांग्रेसको केन्द्रीय समेत हुनुहुन्छ । मन्त्री गिरी कांग्रेसका पुराना युवा नेतामा पर्छन् ।













प्रतिक्रिया