१९ कार्तिक २०८३, बिहिबार

धमाधम राप्रपा नेपालमा प्रवेश, अध्यक्ष थापाले गरे स्वागत

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Gorkha काठमाडौं, १० भदौ । गत शनिबार राप्रपाका सहमहामन्त्री एवं संगठन विभाग प्रमुख हेमजंग गुरुङलगायतका नेताहरु राप्रपा नेपालमा प्रवेश गरेसँगै राप्रपाबाट राप्रपा नेपालमा प्रवेश गर्नेको लहर नै चलेको छ ।

यसै क्रममा राप्रपा गोरखाका क्षेत्रीय अध्यक्ष भिषण अर्याल तथा बिरमान गुरुङ आज विधिवत रुपमा राप्रपा नेपालमा प्रवेश गर्नुभएको छ । नवप्रवेशी अर्याल र गुरुङलाई पार्टी अध्यक्ष कमल थापाले सदस्यता प्रदान गरि स्वागत गर्नुभएको थियो ।

यस्तै झापामा पनि अन्य पार्टी परित्याग गरि राप्रपा नेपालमा प्रवेश गर्नेहरुको ताँती नै लागेको छ । हालैमात्र बनियानीका नेकपा एमालेका पूर्व सचिव भूपाल दंगाल लगायत कांग्रेस, एमालेबाट सयौंको संख्यामा राप्रपा नेपालमा प्रवेश भएको थियो ।

पार्टी प्रवेश गर्नेहरुलाई महामन्त्री राजेन्द्र लिङदेनले सदस्यता प्रदान गरि स्वागत गर्नुभएको थियो ।