
– बीरबहादुर गिरी
जाजरकोट ८ भदौ । जिल्ला शिक्षा अधिकारी बिरलै बिद्यालयमा पुग्ने गर्दछन । पुगे पनि विद्यालयमा औपचारिक कार्यक्रम गरी सम्मान सत्कार बटुल्दै फर्कने गर्दछन । तर जाजरकोटका जिल्ला शिक्षा शिक्षा अधिकारी ललितबिक्रम सिंहले भने विद्यालयमा पुगेर फर्कने शैली फरक अपनाएका छन ।
विद्यालय पुग्नसाथ जिल्ला शिक्षा अधिकारी सिंह सिधै कक्षा कोठामा पसेर बिद्यार्थीलाई पढाउन शुरु गर्छन । पढाउने शिलशिलामा बिद्यार्थीबाट नै शिक्षकको नियमित उपस्थिति, पठनपाठनको अबस्था र अन्य वाताबरणको जानकारी लिने गर्दछन । कक्षा कोठामा बिद्यार्थीले दिएका सुझाब र बुझेको अबस्थापछि अरु कुराको छलफल गर्ने गरेका छन । मैले बिद्यार्थीलाई पढाउदै गर्दा विद्यालयको सम्पूर्ण अबस्थाको वास्तबिक तस्वीर भेटाउछु । बिद्यार्थीलाई पढ्नका निम्ती अभिप्रेरित गर्ने गरेको जिशिअ सिंहले बताए । मैले एक पिरियड पढाउदा विद्यार्थीमा नयाँ उर्जा थपिन्छ र शिक्षकमा जिम्मेवारी बोध हुन्छ उनले भने ।
कार्यालयले गर्ने नियमित अनुगमन मात्र होइन मौका पाउन साथ उनले कुनै पनि विद्यालयमा पुग्ने गरेका छन । जिशिअ विद्यालयमा पुग्दा सबैभन्दा पलिा आफै कलासमा छिर्ने गरेको शिक्षकहरु बताउछन । उहाँले पढाउन शुरु गर्नु हुन्छ अनि सुनेर बस्यो त्रिभूवन उच्च माद्यमिक विद्यालयका शिक्षक गणेश अधिकारीले भने । बिद्यार्थी पनि निकै उत्साही भएर छलफलमा सहभागी हुदा रहिछन यसो गर्दा त शिक्षक अधिकारीले भने । कक्षा शिक्षककै अगाडी शिक्षको आलोचना गर्न तम्सिन्छन बिद्यार्थी उनले भने ।
२०७३ लाइ शैक्षिक बर्ष घोषणा गरेर सुधारको अभियान शुरु गरेका जिशिअ सिंहले गाउँ गाउँमा पुगेर बिद्यालयको अबस्था हेर्ने गरेका छन । विद्यालयको सम्पूर्ण पक्षको अध्ययन अबलोकनपछि पाँच बर्षे जिल्ला शिक्षा योजना निर्माण गर्न थालिएको कार्यालयले जनाएको छ । २०७३ देखि २०७८ सम्मका लागि जिल्लाको शैक्षिक गुणस्तर बृद्धि गर्न शैक्षिक सुधार योजना काम अन्तिम चरणमा पुगेको छ । कार्यालयले अहिले एक गाविसका एक नमुना विद्यालय एक विद्यालयमा एक नमुना शिक्षक र एक कक्षामा एक नमुना बिद्यार्थी छनौटको अभियान संचालन गरेका छ । शिक्षक बर्गिकरण गरेर नमुना छान्ने काम सकिएको स्रोत ब्यक्ति इन्द्रबहादुर थापाले बताए । स्रोत केन्द्र स्तरबाट शिक्षकको बर्गिकरण गरेर नमुना छनौट गरिएको छ थापाले भने ।












प्रतिक्रिया