१९ कार्तिक २०८३, बिहिबार

कर्मचारीलाई वनमन्त्रीको निर्देशनः इमान्दार भएर काम गर्नुस्

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Shankar-bhadnari

काठमाडौँ, १० भदौ । नवनियुक्त वन तथा भू संरक्षणमन्त्री शङ्कर भण्डारीले वन मन्त्रालयअन्तर्गतका विभागको संरचनालाई व्यवस्थित गर्न निर्देशन दिनुभएको छ ।

आज मन्त्रालयमा पदबहाली गर्दै मन्त्री भण्डारीले कर्मचारीलाई नियमित कार्यालयमा आएर आफ्नो कामकारबाही गर्न आग्रह गर्नुभएको हो ।
उहाँले भन्नुभयो, “तपाइँलाई समस्या परेमा आफ्नो उचित र जायज माँग मलाई भन्नुहोस् मैले गर्नसक्ने समाधान गर्छु तर इमान्दार भएर काम गर्नुहोस् ।”

Shankar-bhadnari-1

मन्त्री भण्डारीले वन तथा भू क्षेत्रको विकास र विस्तारका लागि मन्त्रीपरिषद्को वैठकमा खेल्नुपर्ने भूमिका खेल्न आफु तयार रहेको प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले भूकम्पपछिको पुननिर्माणमा काठको आवश्यकता रहेको हुँदा आफ्नो कार्यकालमा काठ उपलब्ध गराउने विश्वास व्यक्त गर्नुभयो ।

मन्त्री भण्डारीले सामुहिक प्रयत्नमार्फत सबै समस्या समाधान हुने भन्दै सबैलाई एकजुट भएर काम गर्न आग्रह गर्नुभयो । उहाँले मन्त्रालयको कार्यप्रगतिको बारेमा समय समयमा समिक्षा गर्नु आवश्यक रहेको बताउनुभयो । रासस