१९ कार्तिक २०८३, बिहिबार

पाँचथरमा बालक मृत अवस्थामा फेला

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पाँचथर, १० भदौ । पाँचथर जिल्लाको नाँगीन गाविस–६ स्थित पुलभञ्ज्याङमा एक बालक बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

पुलभञ्ज्याङस्थित डायरीबजारमा डेरा गरी बस्दै आएका चन्द्रबहादुर विकका १२ वर्षीय छोरा मिलन विक मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

स्थानीयवासीले मृत अवस्थामा देखेपछि अस्थायी प्रहरी चौकी नाँगिनमा खबर गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिनुभयो ।

उनको शवपरीक्षणका लागि जिल्ला अस्पताल पाँचथर ल्याइएको प्रहरीले जनाएको छ । रासस