१९ कार्तिक २०८३, बिहिबार

भक्तपुरमा जन्ती बोकेको बस दुर्घटना हुँदा ४८ घाइते, चार गम्भीर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bus-accident-bkt

भक्तपुर, ९ भदौ । भक्तपुरको नगरकोट नगरपालिका वडा नं ७ कलमसीबाट जन्ती लिएर कोटेश्वर जाँदै गरेको बस दुर्घटना हुँदा ४४ जना घाइते भएका छन् ।

बा४ख १९०५ नंको ७ नम्बर रुट चल्ने रिजर्भ बस आज कमलविनायक भत्केको पाटी नगरकोट वैकल्पिक सडकखण्डअन्तर्गत सुडाल जितपुरमा दुर्घटना भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक किरण बज्राचार्यले जानकारी दिनुभयो ।

उहाँका अनुसार घाइते हुनेहरुमध्ये २१ जनाको मध्यपुर अस्पताल थिमि, २५ जना भक्तपुर अस्पताल, दुईजनाको अर्थोपेडिक जोरपाटीमा उपचार भइरहेको छ । चार गम्भीर घाइतेको मध्यपुर अस्पतालमा उपचार भइरहेको छ ।

छब्बीस सिट क्षमताको बसले ६० जना यात्रु बोकेको बताइन्छ । बस तीव्रगति रहेका कारण पनि दुर्घटना भएको हुनसक्ने प्रहरीको भनाइ छ । बसमा सवार यात्रुका अनुसार बस अनियन्त्रित भई घुम्तीबाट खसेको हो ।

चालक दोलखा घर भई जडीबुटी बस्ने रामकुमार भण्डारीलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरी वृत्त जगातीका प्रहरी नायब उपरीक्षक मित्रवन्धु थापाले जानकारी दिनुभयो । रासस