काठमाडौँ, ९ भदौ । नेपाली काँग्रेसले अफगानिस्तानको राजधानी काबुलमा रहेको अमेरिकी विश्वविद्यालयमा भएको आक्रमणमा परी १३ जनाको मृत्यु, ३५ विद्यार्थीसहित नौजना सुरक्षाकर्मी घाइते भएको घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ ।
नेकाका सभापति शेरबहादुर देउवाले आज प्रेस विज्ञप्ति प्रकाशित गरी काँग्रेस विश्वको जुनसुकै कुनामा हुने मानवताविरुद्धको आतङ्कारी घटनाको घोर निन्दा र भत्र्सना गर्दछ भन्नुभएको छ ।
“नेकाको आतङ्कवाद सदाका लागि अन्त्य गरिनुपर्छ भन्ने धारणा रहेको छ र सो दुःखद क्षणमा अफगानिस्तानका सरकारमार्फत म र मेरो पार्टीको तर्फबाट सहानुभूति प्रकट गर्दछु र धैर्यताका साथ अगाडि बढ्न आग्रह गर्दछु” – उहाँले विज्ञप्तिमा जनाउनुभएको छ ।
यसैगरी सभापति देउवाले मध्य इटालीको केन्द्रबिन्दु भई गएको शक्तिशाली भूकम्पका कारण भएको मानवीय क्षति तथा भौतिक क्षतिको घटनाप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ ।
सभापति देउवाले आज एक विज्ञप्ति प्रकाशित गरी भूकम्पले विभिन्न भागमा पु¥याएको जनधन क्षतिको घटनाबाट इटाली सरकारले सामना गर्नुपरेको दुःखद परिस्थितिमा नेकाका तर्फबाट सहानुभूति प्रकट गर्दै विपदमा धैर्यताका साथ सामना गर्न आग्रह गर्नुभएको छ ।
विज्ञप्तिमा घटनामा परी निधन हुनुभएकामा उहाँले हार्दिक श्रद्धाञ्जलि अर्पणसमेत गर्नुभएको छ । रासस













प्रतिक्रिया