१९ कार्तिक २०८३, बिहिबार

एक महिनामा एकसय बीस मोटरसाइकल चोरी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Chori-2

काठमाडौँ, ९ भदौ । काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट एक महिनाको अवधिमा १२० मोटरसाइकल चोरी भएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले एक महिनाको अवधिमा १२० मोटरसाइकल हराएको उजुरी दर्ता भएको जनाएको छ । जसमध्ये उपत्यकाका विभिन्न स्थानबाट पार्किङ गरेर राखेको अवस्थामा मोटरसाइकल हराउने गरेको हो ।

महाशाखाका प्रहरी नायब महानिरीक्षक प्रकाश अर्यालले सवारी एकान्त स्थानमा पार्किङ, रातको समय, अस्पताल र विमानस्थल क्षेत्रबाट बढी हराउने गरेको बताउनुभयो । उहाँले भन्नुभयो – “आफ्नो सवारी साधनको ह्यान्ड लक र सुरक्षित स्थानमा राख्नुहोस् ।”

महाशाखाले पछिल्लो एक महिनामा विभिन्न समयमा चोरी भएका १२० मोटरसाइकलमध्ये १२ मोटरसाइकल खोजी गरी सम्बन्धित सवारी धनीसमक्ष दिएको छ । रासस