१९ कार्तिक २०८३, बिहिबार

बर्दिया निकुञ्जमा सेनाले गोली चलायो, चेकजाँचमा कडाइ (फोटो फिचर)

616
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepal-army

– सुदीप अधिकारी

बर्दिया, ९ भदौ । गस्तीमा रहेको सेना र शिकारीबीच बर्दिया निकुञ्जमा बुधबार साँझ गोली हानाहान भएको छ ।

निकुञ्जको बासगढीदेखि उत्तरी क्षेत्रको चुरे पहाड तर्फ गस्ती गईरहेको सेना र निकुञ्जको संयुक्त टोली माथी सिकारीले गोली चलाएपछि दुबै पक्षबाट गोली हानाहान भएको निकुञ्ज स्रोतले जनाएको छ ।

Bardiya

गस्तीमा गएको टोलीलाई निकुञ्जको भास तालदेखि पूर्व घट्टे कुला नजिकै सिकारीको समुहले एक्कासी गोली चलाएपछी नेपाली सेनाले पनि गोली चलाएको निकुञ्जका सहायक संरक्षण अधिकृत अशोक भण्डारीले जानकारी दिए । सिकारीले चुरे पहाडको डाँडाबाट करीब ३ राउण्ड गोली चलाएपछी नेपाली सेनाले पनि जवाफी फायरिगं गरेको रणशार्दुल गण ठाकुरद्धाराका गणपती राजेन्द्र पन्तले बताए । ‘हाम्रो गस्ती टोली स्वीप गर्दै चुरे पहाडको फेदीतर्फ गइरहेको थियो । गस्तीको सुइको पाएर सिकारीले माथीबाट ३ राउण्ड गोली फायर गरे । त्यसपछि सेनाले पनि केही राउण्ड फायर गर्यो ।’ गणपती पन्तका अनुसार दोहोरो फायरिंगको कुनै मानविय क्षती भने भएन । सेनाले फयरिगं खोलेपछि सिकारीहरु बन्दोबस्तीका सामान छोडेर भागेका थिए । त्यहा करिव ७ जनाको सिकारी टोली रहेको हुन सक्ने निकञ्जले अनुमान गरेको छ ।

Bardiya-wildlife-2

घटना स्थलबाट सेना र निकुञ्जको टोलीले एक थान भरुवा बन्दुक र विभिन्न वन्यजन्तुको ४६ किलो सुकुटी सहित बन्दोबस्तीका सामाग्री बरामद गरेको छ । सिकारीहरु करिव एक सातादेखि त्यस क्षेत्रमा सिकार खेल्न बसेको हुन सक्ने निकुञ्जको अनुमान छ । सिकारी रहेको क्षेत्र निकुञ्जको निकै विकट क्षेत्र मानिन्छ ।

सिकारीहरुले सालक, चौका, जरायोे लगायतका वन्यजन्तुको सिकार गरेको निकुञ्जले जनायो । त्यहाँबाट सेनाले बन्दुकमा प्रयोग गरिने बारुद, गोली, फलामे रड, चक्कु, हँसीया, टर्च लाईट, माछा मार्न प्रयोग गरीने जाल, त्रिपाल, थाल र ३ थान मोबाईल समेत बरामद गरेको छ ।

सिकारीको खोजीका लागि बुधबार साझैदेखि निकुञ्जको उत्तरी क्षेत्रमा सेना र निकुञ्ज कर्मचारीले स्वीप अपरेशन सुरु गरेको निकुञ्जले जनाएको छ । घटना लगत्तै सेनाले राजमार्ग सुरक्षा जाँचमा समेत कडाइ गरेको छ ।

Bardiya-wildlife Bardiya-wildlife-1