गोरखा, ९ भदौ । गोरखा जिल्ला तान्द्राङ गाबिस वार्ड नं २ स्थित चिसो पानी खोलामा पहिरो जादा थुप्रै खेतिबाली नष्ट भएको छ ।
भदौ ९ गते राती करिब ३ बजे फुक्को एक्कासि पहिरो जादा उक्त खेतिबालिका साथै खेती योग्य जमीन नष्ट भएको हो ।
उक्त क्षेत्रमा मध्य पहाडी लोकमार्ग अन्तर्गत सडक निर्माण कार्य भैरहेको छ । सडक निर्माण कार्यको लागि खनिएको माटो अब्यबस्थित किसिमले थुपारिएको र उक्त माटोको भार र माथिबाट झरेको पानिको कारण पहिरो गएको अनुमान गरिएको छ । यसरी यतिधेरै खेतिबाली नष्ट गरेर पहिरो गएको यो भेगमा पहिलोपटक देखिएको स्थानियहरु बताउछन ।
कुलोको पानीलाइ माटो थुपारिएको ठाउबाट नभै अन्यत्रैबाट कटाउन बारम्बार आग्रह गर्दा पनि सुनुवाइ नभएको कारण अहिले यो अवस्था आएको पीडितहरुको गुनासो छ ।
अझै पनि उक्त पहिरो नियन्त्रण गर्न आनाकानी गर्ने हो भने र बेलैमा रोकथामको उपाय नपनाउने हो भने अझै कति खेतीयोग्य जमिन नष्ट हुने हो यसै भन्न सकिने अवस्था छैन । बर्खाभरी दुःख कष्ट गरि लगाएको खेती यसरी पहिरोमा परिरन भएपछी यहाका जनताहरु चिन्तित छन् ।













प्रतिक्रिया