१९ कार्तिक २०८३, बिहिबार

नयाँ शक्तिलाई राजनीतिक दलको मान्यता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

naya-shakti-photo-2

काठमाडौँ, ८ भदौ । निर्वाचन आयोगले पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपाल पार्टीलाई राजनीतिक दलको मान्यता दिएको छ ।

दल दर्ताका लागि आयोगमा परेको निवेदनमाथि छलफल भई उक्त पार्टीलाई राजनीतिक दलको मान्यता दिइएको आयोगद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ ।

आयोगले सो पार्टीलाई राजनीतिक दलसम्बन्धी ऐन, २०५८ तथा अन्य प्रचलित कानुनबमोजिम आयोगमा बुझाउनुपर्ने विवरण तोकिएकै म्यादभित्र बुझाउन पनि अनुरोध गरेको छ । रासस