बुटवल, ८ भदौ । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहन वैद्यले क्रान्तिकारी विचारको जित भएको दाबी गर्नुभएको छ ।
नेकपा क्रान्तिकारी माओवादी मध्यपश्चिम संयुक्त राज्य समितिले आज बुटवलमा आयोजना गरेको राजनीतिक वैचारिक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले दक्षिणपन्थी संशोधनवादीविरुद्धको लडाइँमा क्रान्तिकारीहरूको जित भएको बताउनुभयो ।
नयाँ जनवादी क्रान्ति सम्पन्न नगरी लोकतान्त्रिक गणतन्त्रमा जानु संसदीय व्यवस्थामा डुब्नुसरह हो भन्दै उहाँले नेकपा माओवादी केन्द्र त्यसैमा डुबुल्की मारेको आरोप लगाउनुभयो ।
वरिष्ठ नेता सिपी गजुरेलले मधेसवादी दल र स्वयम् संसदवादी दल लोकतान्त्रिक व्यवस्थाका सिध्याउने खेलमा लागेको आरोप लगाउनुभयो । रासस













प्रतिक्रिया