२ कार्तिक २०८३, सोमबार

असारे विकासको दरिलो नमुनाः दुई हप्तामै यसरी भत्कियो सडक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sadak-nabalparasi

– मोहन पौडेल

परासी, ८ भदौ । रामग्राम नगरपालिका अन्तरगत पाल्ही क्याम्पस नजिकैदेखि जोकवार जोड्ने सडकमा कालोपत्रे भएको दुई सातामै सडक भत्कीएको स्थानीयले गुनासो गरेका छन् । गएको असार महिनामा सो सडक कालोपत्रे भएको तर दुई साता नवित्दै भत्कीएको स्थानीयको भनाई छ ।

करिव तिन सय मिटर कालोपत्रे गरिएको सो सडकका ठाउँ ठाउँमा खाल्डा खाल्डा परेको छ भने छेउछाउबाट भत्कीदैँ गएको छ । असारको महिनामा हतार हतार कालोपत्रे गर्दा कमसल खालका सामग्री प्रयोग गरिएको छ भने कालोपत्रे गर्दा अपनाउनुपर्नैे न्युनतम मापदण्ड पनि नअपनाउदाँ निर्माण सम्पन्न भएको दुई सातामा सडक भत्कीन सुरु गरेको रामग्राम ९ जोकवारका स्थानीय फिरोज खानले बताउनुभयो ।

सम्बन्धित निकायको अनुगमन नहुँदा ठेकेदारको लापरवाहिले सडकको भत्कीएको अर्का स्थानीय अलि हुसेन डफालीले बताउनुभयो । कालोपत्रे गर्ने समयमा नै आफुँले काम राम्रे भएन यसलाई सुधार गरेर गुणस्तर बनाउन आग्रह गरेपनि ठेकेदारले नमानेका कारण अहिले यस्तो दुरदर्शा खेप्नुपरेको हुसेनले बताउनुभयो । असारमा हतार हतार गरिने विकासे काम कत्तिको प्रभावकारी हुन्छ भन्ने उहाहरण सो सडकले देखाएको छ ।