
काठमाडौं, ८ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग नेपालका लागि अमेरिकी राजदूत अलाइना बी टेप्लिजले भेटवार्ता गर्नुभएको छ ।
अमेरिकी राजदूत टेप्लिजले बुधबार सिंहदरबारस्थित एमालेको संसदीय दलको कार्यालयमा पुगेर ओलीसँग भेटवार्ता गर्नुभएको हो । करिब आधा घण्टा लामो भेटवार्ता सरकार परिवर्तन र संविधान कार्यान्वयनका विषयमा केन्द्रीत रहेको एमालेले जनाएको छ ।
अमेरिकी राजदूत टेप्लिजले संविधानले परिकल्पना गरेको तीन तहको निर्वाचन गर्नका लागि डेढ वर्ष मात्रै रहेको अवस्थामा एमालेको भूमिका कस्तो हुन्छ ? भनेर जिज्ञासा राख्नुभएको थियो ।
जवाफमा एमाले अध्यक्ष ओलीले आफूले सरकारको नेतृत्वमा रहका बेला नै संविधान कार्यान्वयनको कार्ययोजना सार्वजनिक गरेको स्मरण गराउँदै अहिलेको अवस्थामा संविधान कार्यान्वयन एमालेको पहिलो प्राथमिकता भएको बताउनुभयो ।












प्रतिक्रिया