महेन्द्रनगर, ८ भदौ । नेपाल मानव धर्म सेवा समिति महाकाली अञ्चल समिति महेन्द्रनगरले कृष्णजन्माष्टमीको पूर्वसन्ध्यामा महाकाली अञ्चल अस्पतालमा सरसफाई कार्यक्रम गरेको छ ।
सरसफाईमा अञ्चल अस्पताल परिसरमा झाडी सफाई, दुबो तथा घास सफाई र फोहोर संकलन गरिएको छ ।
सरसफाई कार्यक्रममा नेपाल मानव धर्म सेवा समिति आवद्ध श्रद्धालु भक्तजनसहित नेपाली सेना, हेल्प नेपाल र सामुदायिक प्रहरी महेन्द्रनगरको सहभागिता रहेको समितिका महाकाली अञ्चल अध्यक्ष गणेशप्रसाद भट्टले जानकारी दिनुभयो । उहाँका अनुसार सरसफाई कार्यक्रम मार्फत् महाकाली अञ्चल अस्पतालको फोहोर व्यवस्थापन र सुन्दरता कायम गर्न खोजिएको छ । कृष्णजन्माष्टमी पर्वलाई मानव धर्म सेवा समितिले विभिन्न कार्यक्रम गरी हरेक वर्ष मनाउने गरेको छ ।
कृष्णजन्माष्टमीको अवसरमा महेन्द्रनगरस्थित स्मारक चोकमा भोलि दिउँसो १२ बजेदेखि ४ बजेसम्म भगवत चर्चा कार्यक्रम राखिएको अञ्चल आश्रम इन्चार्ज महात्मा गिरी वाइजीले बताउनुभयो । उहाँका अनुसार कृष्णजन्माष्टमीको अवसरमा कृष्ण भगवानले दिनुभएको सन्देश र ज्ञानलाई प्रचारप्रसार गर्ने कार्यक्रम रहेको छ । यस वर्ष भदौं ९ गते कृष्णजन्माष्टमी परेको छ ।













प्रतिक्रिया