१ कार्तिक २०८३, शनिबार

दाङमा यसरी आयो अर्को यातायात, यात्रुलाई घरसम्मै सेवा दिने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

केशव नेपाली, उपाध्यक्ष
केशव नेपाली, उपाध्यक्ष

– विमल योगी

काठमाडौं, ८ भदौ । यातायातको क्षेत्रमा व्यवसाय गर्दै आएका केशव नेपाली अहिले पाण्डवेश्वरी यातायात (प्रा.)लि.का उपाध्यक्ष हुन् । साना गाडीहरूलाई एकै स्थानमा संगठित गरेर व्यवसायी र मजदुरहरूको हकहित एवम् अधिकारका लागि संघर्ष गर्ने योजनामा छन् ।

अहिलेसम्म साना गाडीहरूलाई दाङ जिल्लामा संगठित गर्ने प्रयास कसैले गरेको थिएन । तर, नेपालसहितको युवाहरू मिलेर यातायात व्यवस्था विभागमा पाण्डवेश्वरी यातायात प्रा.लि दर्ता गराएका छन् । कार र जिपहरूमा कालो नम्बर प्लेट राखेर भाडामा चलाउने उद्देश्यका साथ दर्ता भएको यो प्रा.लि.ले दाङको घोराहीमा आफ्नो मुख्य कार्यालय स्थापना गरेको छ ।

घोराहीलाई केन्द्र बनाइ पाण्डवेश्वरी (प्रा.)लि.का कार र जिपहरू चल्नेछन् । ‘कार–जिपले समिति र स्थानीय प्रशासनको समन्वयनमा तोकिने भाडा लिनेछ’, उपाध्यक्ष नेपालीले भने, ‘यात्रु र व्यवसायीलाई मर्का नपर्ने गरी स्थानीय प्रशासनसँग मिलेर भाडा पनि तोक्ने छौँ ।’

पाण्डवेश्वरी यातायातका विषयमा उपाध्यक्ष नेपाली अगाडि भन्छन्, ‘पाण्डवेश्वरी यातायात (प्रा.)लि सञ्चालन छिट्टै हुन्छ । नयाँ संस्था भएकाले दर्ता हुनेवित्तिक चलाउन केही प्राविधिक समस्या भएको हो । १/२ दिनमा औपचारिक रुपमा सञ्चालन गर्ने छौँ । तयारी भइरहेको छ ।’

पाण्डवेश्वरी यातायातमा अहिले १५ वटा कार र जीपहरू दर्ता भइसकेका छन् । अरु १५ वटा कार र जीप एक महिनाभित्र दर्ता भइ सञ्चालनमा आउने तयारीमा रहेको उपाध्यक्ष नेपालीले बताए । उनले पाण्डवेश्वरी यातायात (प्रा.)लि.मा दुई वटा कार दर्ता गराएका छन् । नेपालीले विगत १० वर्षदेखि बस व्यवसाय सञ्चालन गर्दै आएका पनि थिए ।

पाण्डवेश्वरी यातायतले यात्रुको चाहना बमोजिम आफ्नो सेवा दिनेछ । यात्रुलाई आवश्यक परेमा घरसम्मै पुगेर यात्रुलाई गन्तव्यसम्म पुगाउने उद्देश्य रहेको उपाध्यक्ष नेपालीको भनाइ छ ।

पाण्डेश्वरी यातायात (प्रा.)लि.का अध्यक्ष सरोज शाह हुन् । सचिवहरूमा हेमन्त थापा, मनोजजंग शाही र नवीन शाही तथा कोषाध्यक्षमा नारायण ओली रहेका छन् । सदस्यहरूमा रोहित न्यौपाने, कृष्ण गिरी, सनत आचार्य, रविन के.सी. र नरेन्द्र श्रेष्ठ रहेका छन् ।