१९ कार्तिक २०८३, बिहिबार

पाँचथरमा तामाको अचार खाँदा दुई बालबालिकाको मृत्यु

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Tama Ko Achar– कृष्ण ओझा

पाँचथर, ८ भदौ । बाँसबाट बनेको तामाको अचार (मेसु) खाँदा पाँचथर जिल्लाको नांगीन गाविस– ३ का एकै परिवारका दुई बालबालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा नांगीन– ३ मालवासेका दुर्गा राईका आठ वर्षीया छोरी सरिता र सात वर्षका छोरा सन्तोष रहेका छन् । तामाको अचार खाएका उनीहरूको मंगलबार बिहान मृत्यु भएकोे प्रहरी नायब उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए ।

मंगलबार बिहान खानाखानुभन्दा अघि तामाको अचार खाएका सन्तोषको अचार खाएको आधा घण्टामै मृत्यु भएकोे थियो । सरितालाई उपचारका लागि लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीको भनाई छ ।

अचार खाने वित्तिकै बालबालिकाको ज्यान गएकाले उपचार गर्न नपाइएको परिवारले जनाएका छन् । ‘फुड पोइजन’का कारण दुई बालबालिकको मृत्यु भएको हुन सक्ने चिकित्सकले प्रारम्भीक अनुमान गरेका छन् ।