१९ कार्तिक २०८३, बिहिबार

दोधारा चाँदनीमा एमालेको तीन महिने अभियान सुरु

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

uml-cpn-logoमहेन्द्रनगर, ७ साउन । नेकपा एमाले दोधारा चाँदनी नगर कमिटीको बैठक नगर कमिटी अध्यक्ष किशोर कुमार लिम्बुको अध्यक्षता र जिल्ला कमिटी सचिव सुरेन्द्र विष्टको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।

बैठकले दोधारा चाँदनी नगरपालिकामा तीन महिने पार्टी परिचालन तथा संगठन सुदृढीकरण ‘गाउँ–गाउँ, जाऔ, एमाले बनाऔ’ अभियानको चलाउने निर्णय गरेको नगर कमिटी अध्यक्ष किशोर कुमार लिम्बुले बताए ।

बैठकमा जिल्ला सदस्य तुषर खड्का, जिल्ला सल्लाहकार परिषद सदस्य हिरालाल थापा, गगन बहादुर खत्री, रामप्रसाद ढकाल, क्षेत्रीय कमिटी सचिव आरके भट्ट, लगायतका नेताहरुको सहभागीता रहेका थियो । बैठकमा नगर क्षेत्रमा भए गरेका विकास निर्माणका विषयहरुमा छलफल भएको छ ।

बैठकले तीन महिने अभियान अन्र्तगत नगरका १० वटै वडाहरुमा जनसंगठनहरु गठन पुर्नगठन, पार्टीका टोल कमिटी गठन, घरफर्क अभियान, पार्टी सदस्यता नविकरण,पार्टी प्रवेश अभियान, घरदैलो जनसंगठन र पार्टी प्रवेश पत्र, सदस्यता वितरण वडा स्तरिय कोणसभाहरु गर्ने निर्णय गरिएको अध्यक्ष लिम्बुले बताए ।