उदयपुर, ७ भदौ । उदयपुरको त्रियुगा नगरपालिका १ स्थित सस्शत्र प्रहरी बल त्रियुगा गुल्मका एक प्रहरी हबल्दारले विषसेवन गरी आत्महत्या गरेका छन् ।
सोमबार बेलुकीपख त्रियुया नगरपालिका ७ स्थित घरमा श्रीमतीसंग सामान्य बिवादपछि अफिस जान्छु भनी मोटरसाईकलमा निस्किएका ३३ बर्षीय सुरेश हमाललाई स्थनीयले घर नजिकै बिससेवन गरी वेहोस अबश्थामा फेला पारेको त्रियुगा गुल्मका डिएसपी माधबप्रसाद पौडेलले जानकारी दिए ।
बेहोस अबस्थामा रहेका हमाललाइ तत्कालै परिवारलाइ खबर गरी जिल्ला अस्पतालत उदयपुर पुर्याईएको थियो । अस्पतालले उपचार गर्न नसक्ने भन्दै रेफेर गरेको थियो । थप उपचारका लागि नोबेल अस्पताल बिराटनगर पुर्याइए पनी उपचारमा ढिलाइ हुँदा उनको मंगलबार बिहान मृत्यु भएको भाई दानबहादुर हमालको भनाई छ । हमालका एक छोरा, एक छोरी र श्रीमति छन् ।
त्यसैगरी सोही राती त्रियुगा नगरपालिका १० देउरीका ५७ बर्षिय गोपालबहादुर भुजेलले विष सेवन गरी आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक ओमबहादुर रानाले बताए । विषसेवन गरी घाइते भुजेललाई जिल्ला अस्पतालमा प्राथमिक उपचारपछि बाहिर रेफर गरिएको थियो । उनको बाटैमा मृत्यु भएको जनाईएको छ । उनले पनि पारिवारिक विवादकै कारण विषसेवन गरेको बताईएको छ ।
त्यस्तै त्रियुगा नगरपालिका २ का १९ बर्षिय युवा सुजन विकले पनि विष सेवन गरेका छन् । उनको जिल्ला अस्पतालबाट रेफर गरी विराटनगर स्थित विराट नर्सिङ होममा उपचार भईरहेको प्रहरीले जनाएको छ । उनको पनि स्वस्थ्य अवस्था नाजुक रहेको प्रहरीले जनाएको छ ।












प्रतिक्रिया